कृषिमा छलांङ्ग मार्ने योजनामा सांसद खड्का, पाँच सय वाख्रा पाल्ने तयारीमा

सुर्खेत, २० माघ ।
सांसद भनेपछि राज्यको तलब नै खानुपर्छ । राज्यबाट सेवा सुविधा लिएर मात्रेै काम गर्न सकिन्छ र राज्यकै स्रोतबाट तीन पुस्तालाई खान पुग्ने सम्पती जाहो गर्नुपर्छ भन्ने मान्यता हावी भइरहेको कर्णाली समाजमा प्रदेश सभा सदस्य पदमा खड्काले दुइ करोड बढिको लगानीमा बाख्रा फर्म खोल्न थालेकी छिन् । झण्डै चालिस वर्षको उमेरमा कदम राख्दै गरेकी सांसद खड्का प्रदेश सभा सदस्य हुन । उनले वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ मा रहेको नयाँ गाउँमा अन्य चार जनासँग मिलेर कृषि फर्म सञ्चालनमा ल्याउन लागेकी हुन ।

एक सय भन्दा बढिरोपनी जग्गा खरिदमै उनको कृषि अर्गानिक फर्मले सवा करोड रुपैंया खर्च गरेको छ । व्यवस्थापक दुर्गा प्रसाद पौडेलका अनुसार वाख्राका लागि खोर बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । खोरसम्म जानका लागि वडा कार्यालयसँग कम्पनीले साझेदारी गरेर पहुँचमार्ग विस्तार गरेको छ भने वाख्राका लागि पानी ट्यांकंी निर्माण भइरहेको छ । ‘बारीमा डालेघाँसका हजारौं विरुवा रोपेका छौं । बीस बाख्रा खरिद गरिसकेका छौं । आफ्नो जग्गामा घरबार लगाउने काम सुरु भएको छ भने करिब ६०० वाख्रा अट्ने खोर निर्माण अन्तिम चरणमा पुगेको छ ।’ उनले भने, अब हामीले बोयर, खरि जातका वाख्रा खरिद गर्न सुरु गरेका छौं ।’

‘हामीले कृषि क्षेत्रबाट मनग्य आम्दानी पाइरहेको विभिन्न क्षेत्रमा अनुगमनका क्रममा देख्यौं । कृषि तथा पशुपालनबाट आर्थिक समृद्धि हुने देखेकै कारण हामीले फर्म खोल्ने निर्णय गरेका हौं ।’ सांसद पदमा खड्काले भनिन्, ‘अहिले करिब दुइ करोडको लगानीबाट फर्म सुरु गर्ने तयारी गरेका छौं । कम्तिमा दश जना भन्दा बढि युवालाई रोजगारी दिने र कृषि क्षेत्रबाट पनि समृद्धि हासिल गर्न सकिन्छ भनेर देखाउन हामीले यो काम गर्न थालेका हौं ।’

उनले आफूले राजनीतिलाई सेवाको रुपमा लिइरहेको बताईन । ‘म राजनीतिलाई सेवाको रुपमा लिन्छु । आर्थिक लेनदेन गर्न व्यवसाय सुरु गरेका हौं । सबैको लगानीबाट साझा रुपमा कम्पनी सञ्चालन गरेर त्यसबाट भएको आम्दानीले समाजसेवा गर्ने सोच बनाएको छु ।’ उनी भन्छिन्, ‘राज्यबाट नै सबै सेवा पाउनुपर्छ भन्ने मान्यता मेरो छैन । राज्यलाई म के दिन सक्छु भन्नेमा म लागिरहेको छु ।’ उनले टिमुर खेति, कागती खे ितगर्ने योजना बनाइरहेको बताईन । ‘हामीले थप जग्गा खरिुद गरेर टिमुर, कागती खे ितगर्ने योजना बनाएका छौं । त्यसकालागि केहि जग्गा खरिद पनि गरेका छौं ।’ आफूले खरिद गरेको बारी देखाउँदै सांसद खड्काले नेपाल प्रेसलाई भनिन्, ‘सबैको सहकार्यमा काम गरेको खण्डमा कस्सो सफलता नमिल्ला र ?’ नेपालमा कृषि क्षेत्रमा अपार सम्भावना भएको आफूले देखेको बताउँदै कृषि क्षेत्रको व्यावसायिकरणबाट मात्रै कर्णालीलाई समृद्ध बनाउन सकिने धारणा राखिन ।

‘हामीले यहाँ छरेको खेति पर्याप्त हुन्छ । गोडमेल गरेर व्यवस्थित रुपमा लगाए झन कति फल्ला ?’ उनले भनिन्, ‘त्यसैले लगानी जुटाएर यो व्यवसायमा हात हालेका छौं । यसबाट मनगय आम्दानी हुनेमा कुनै द्धिविधा छैन ।’ उनले फर्ममा दक्ष जनशक्ति राख्ने बताईन । ‘वाख्राका लागि आवश्यक पर्ने सबै सामाग्री तथा जनशत्तिःको व्यवसथा हामीले गरिसकेका छौं । त्यसबाट यस क्षेत्रमा रहेका अन्य नागरिकर्ला पनि सेवा प्रदान गर्ने खालको योजना बनाएका छौं ।’

तपाईको प्रतिक्रिया