टी(ट्वान्टी विश्वकप : इंग्ल्याण्ड र श्रीलंका भिड्दै

काठमाडौँ : आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै छन् ।

इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७:४५ बजे हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा अपराजित रहेको छ । इंग्ल्यान्ड ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । श्रीलंकालाई हराएमा इंग्ल्याण्डले अन्तिम चारको यात्रा सुरक्षित गर्नेछ ।

उत्कृष्ट लयमा रहेको इंग्ल्यान्डले यस अघि वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो ।

श्रीलंका ३ खेलमा २ अंकसहित चौथो स्थानमा छ । आज इंग्ल्यान्डलाई हराएर श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

श्रीलंकाले बंगलादेशलाई हराएको थियो भने दक्षिण अफ्रीका र अष्ट्रेलियासँग पराजित भएको थियो ।

टी(ट्वान्टी विश्वकप : इंग्ल्याण्ड र श्रीलंका भिड्दै

 नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा

टी(ट्वान्टी विश्वकप : इंग्ल्याण्ड र श्रीलंका भिड्दै

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *