बेलायतमा कोभिडको तेस्रो लहर आउनसक्ने आंकलन

एजेन्सी । बेलायत सरकारका सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले त्यहाँको सरकारलाई कोभिड-१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिएका छन् । उनले बेलायतमा पछिल्लोपटक यससँग सम्बन्धित तीन हजार ३८३ जना नयाँ संक्रमित भेटिएको भन्दै संभावित संकटबारे सरकारको ध्यान जानुपर्ने बताएका हुन्‌ ।

तेस्रो लहर निम्त्याउनसक्ने कोरोनाका बेलायती भेरियन्टहरू उत्परिवर्तन हुने क्रम जारी नै रहेकोले अवस्था खराब हुनसक्ने क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताए ।

उनले बेलायतको वर्तमान अवस्थाबारे भनेका छन्‌, ‘हाल बेलायतमा देखा परिरहेका संक्रमितहरूको संख्या थोरै छ, तर पनि ती संक्रमितहरूलाई भारतीय प्रजातिका संक्रमितहरूका कारणले बल पुग्न पनि सक्छ।’

यसैकारण, बेलायतमा कोभिडको तेस्रो लहरको शुरूआत हुन सक्ने अवस्था रहेको उनले बताएका हुन्‌ । बेलायती प्रसारण निगम (बिबीसी) सँगको कुराकानीमा गुप्ताले भनेका छन्, ‘अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरैजस्तो लाग्छ, तर पछि संख्या बढ्दै जानेछ ।

शुरूमा जुनसुकै भेरियन्ट पनि थोरै संख्यामा नै देखापरेका थिए, तर धेरैमा फैलियो, अवस्था हिजोको जस्तै हुनपनि सक्छ ।’ बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको कोभिड-१९ को भेरियन्टलाई निकै खतरनाक भनिएको छ ।

बेलायतमा कोभिडको तेस्रो लहर आउनसक्ने आंकलन

सानैदेखि बार्साबाट खेल्ने सपना थियो : अगुएरो

Leave a comment

Your email address will not be published. Required fields are marked *