२०८३ जेष्ठ ३० गते
×

Now Playing

अमेरिकाले कोरोनाविरुद्धको लडाईँ जितेको घोषणा गर्नु छिटो हुन्छ : फाउची

काठमाडौं : अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कारोना भाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु छिटो हुने दाबी गरेका छन्।

सङ्क्रमण रोगसम्बन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोना भाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटे पनि जितिसक्यो भन्न अहिले नै नहुने बताएका हुन्।

‘हामीले अहिले नै कोरोना भाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौं, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उनले भने। तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकाले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ।

अमेरिकी एक पत्रिकासँगको कुराकानीका क्रममा उनले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरे। भाइरसको नयाँ नयाँ संस्करणहरू आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उनको तर्क छ।

अमेरिका अहिले पनि सवैभन्दा धेरै सङ्क्रमितहरु भएको मुलुकमा पर्दछ। अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४३ हजार जना सङ्क्रमित भएका छन्। ती मध्ये छ लाख नौ हजार भन्दा धेरैको ज्यान गएको छ।

अमेरिकाले कोरोनाविरुद्धको लडाईँ जितेको घोषणा गर्नु छिटो हुन्छ : फाउची

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

अमेरिकाले कोरोनाविरुद्धको लडाईँ जितेको घोषणा गर्नु छिटो हुन्छ : फाउची

बेलायतमा कोभिडको तेस्रो लहर आउनसक्ने आंकलन

Leave a comment

Your email address will not be published. Required fields are marked *