स्वास्थ्य चौकीका कर्मचारीमा कोरोना देखिएपछि खोप प्रभावित

दुर्गा विसी ।

सल्यान, १६ पुस ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा, १ मा रहेको देवस्थल स्वास्थ्य चौकीका ३ जना कर्मचारीमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पछि एक हप्ताका लागि स्वास्थ्य चौकामा इमर्जेन्सी बाहेका सेवा बन्द गरिएको छ । देवस्थल स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमा कोरोना देखिए पछि प्रसुती सेवा वाहेक अन्य सेवा बन्द गरिएको स्वास्थ्य चौकी इन्चार्ज भुमा वलीले जानकारी दिए ।

साथै प्रत्येक महिनामा बालबालिकालार्इ लगाइने नियमित खोप समेत प्रभावित भएको छ। कोरोना पोजेटिभ कर्मचारी भने होम आइसुलेसनमा रहेको जनाएको छ । उनीहरुलाई भने लक्षण सहितको कोरोना देखा परेको जनाएको छ । साथै अन्य कर्मचारीको स्वाव लिएर परिक्षण गरिने भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *