सम्पादकीयः सवारी चाप व्यवस्थापन

कुनैबेला सानो सहर थियो वीरेन्द्रनगर । तर अहिले कर्णाली प्रदेशको राजधानी बनेको छ । राजधानी बनेसँगै यहाँ मानिसहरु भित्रिनेक्रम बढेको छ । राजधानीमा भौतिक सुविधाहरु उपलब्ध हुने अपेक्षाका कारण पनि मानिसहरु बसाइँ सरेर आउनेक्रम बढेको हो । राजधानी सहर भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको पनि चाप बढ्दो छ । राजधानी अनुसारको भौतिक पूर्वाधारको विकास भइ नसकेका कारण पनि जनधनत्वलाई थेग्न सक्ने अवस्था छैन । यही कारण पनि यहाँ सवारी साधनको चाप बढेसँगै सडकहरु साँघुरा बनेका छन् । यसले बजार क्षेत्र र सडकहरुमा भीडभाडका कारण दुर्घटनाको जोखिम पनि धेरै छ । पछिल्ला दिनमा सडकमा भएका दुर्घटनाले पनि यसलाई पुष्टि गरेको छ । यसकारण पनि अब वीरेन्द्रनगरमा ट्राफिक प्रहरीलाई पनि सवारी चापको व्यवस्थापन र सवारी साधनको दुर्घटनालाई न्यूनिकरण गर्न हम्मेहम्मे परेको छ । यस्तो अवस्थामा वीरेन्द्रनगरमा सवारी साधनको दुर्घटना कम गर्न सडकमा आकाशेपुल, वानवे र पार्किङको व्यवस्थापन गर्ने योजना पनि बने । तर त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन ।

अब वीरेन्द्रनगर पहिलाको जस्तो रहेन । यसकारण पनि अहिलेबाटै यहाँको सवारी चापको व्यवस्थापन गर्नेबारे गम्भिर बन्नै पर्दछ । बेलैमा सोचिएन भने सडक असुरक्षित बन्ने देखिन्छ । यसका लागि अब मुख्यगरी वीरेन्द्रनगर नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्दछ । नगरपालिकाले अगाडि सारेको आकाशेपुल निर्माण र पार्किङस्थलको काम अब अगाडि बढाउनै पर्दछ । तर यसका लागि स्थानीयले पनि सहयोग गर्नुपर्ने हुन्छ । विरोधका नाममा आफ्ना मात्र स्वार्थ हेर्दा विकासमा वाधा पुग्छ । विकास निरन्तर चल्ने प्रक्रिया हो । विकासबाट उपलब्ध हुने सुविधाको खोजी गर्दै मानिसहरु सहर पसेका हुन् । तर सहर अर्थात राजधानीमा विकासमा वाधा भयो भने त्यो राम्रो पक्कै होइन । यसअघि मंगलगढी नजिक रहेको बसपार्क अहिले खाली भएको छ । नगरपालिकाले सोही स्थानलाई पार्किङस्थल बनाउने गरी काम अगाडि बढाएको छ । तर स्थानीयले आफूहरु विस्थापीत हुने त्रासमा अदालतमा मुद्दा दर्ता गरेका छन् । यसले काम हुने वा नहुनेबारे अन्यौल उत्पन्न भएको छ ।

वास्तवमा हरेक ठाउँमा चुनौती हुन्छन् । समस्याहरु आउँछन् । तर तिनको समाधान पनि हुन्छ । यसकारण वीरेन्द्रनगरलाई साच्चिकै राजधानी सहरको रुपमा विकास गर्ने हो भने, बढ्दो सवारी साधनको चापलाई व्यवस्थापन गर्न र सडकलाई सुरक्षित बनाउन अब ढिला गर्नु हुँदैन । मानिसको भिडभाड हुने स्थानमा आकाशेपुल र बजार क्षेत्रमा तत्काल पार्किङस्थल निर्माण गर्नै पर्दछ । यसका लागि स्थानीय जनप्रतिनिधिले समन्वयकारी भूमिका खेल्नु आवश्यक छ । त्यतिमात्र होइन, अब प्रदेश सरकारले पनि राजधानीको सवारी चापलाई व्यवस्थापन गर्न लगानी गर्नु पर्दछ । यसो भएको खण्डमा मात्र वीरेन्द्रनगर व्यवस्थित र सुरक्षित सहर बन्न सक्दछ । सवारी साधनको दुर्घटना न्यूनिकरणमा अब सरोकारवाला सबैले गम्भिर बन्नै पर्ने भएको छ ।

सम्पादकीयः सवारी चाप व्यवस्थापन

प्रधानमन्त्रीको कदमप्रति नेकपा बराहतालको विरोध

सम्पादकीयः सवारी चाप व्यवस्थापन

संसद विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds