प्रधानमन्त्रीको कदमप्रति नेकपा बराहतालको विरोध

सुर्खेत, १३ पुस ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध नेकपा बराहतालले विरोध गरेको छ । आइतबार गाउँ कमिटी अध्यक्ष ओमबहादुर महतारा र सचिव बलबहादुर कठायतको संयूक्त हस्ताक्षरमा एक विज्ञप्ती जारी गर्दै उक्त कदमको निन्दा गरको हो ।

विज्ञप्तीमा भनिएको छ, राष्ट्र गम्भिर संवैधानिक तथा राजनीतिक संकटको भुमरीमा फसिरहेको छ, नेकपा अध्यक्ष तथा प्रधामन्त्री ओलीको मनोगत इच्छा, आंकाक्षा र प्रतिशोधको भावनाका साथ बालहट प्रवृति देखाएर चालिएको कदम संविधानको मर्म विपरित रहेको उल्लेख गरिएको छ । जनवादको समेत प्रयोग नगरी नेपाली जनताको निर्वाचित सार्वभौम संस्था संघीय संसद तथा प्रतिनिधिसभा विगठन गर्ने कार्य अलोकतान्त्रिक रहेको ठहर गरको हो । यस्तै नेपाली जनताको संघर्षबाट प्राप्त भएको संविधानको मर्म र भावना विपरित गरिएको उक्त कार्यको घोर निन्दा गर्दै विषम् परिस्थितीमा प्रधानमन्त्रीद्वारा चालिएको कदमको विश्लेषण गर्दै बहुमतको निर्णयलाई आत्मसाथ गरी नेपाल कम्यूनिष्ट पाटी (नेकपा) को संगठन एकताबद्ध र मजबुद बनाउनतर्फ लाग्न पाटी कमिटी, पाटी सदस्य तथा समर्थकहरुमा अपिल गर्दै उक्त अलोकतान्त्रिक र असंवैधानिक कदमको संघर्षका माध्यमबाट प्रतिवादसमेत गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै पाटी अध्यक्ष एवम् प्रधानमन्त्री ओली पाटीको हित विपरित गएको भन्दै ओलीलाई अनुसाशनको कारवाही गरी उनको ठाउँमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउँने पाटीको निर्णय स्वागतयोग्य रहेको उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको कदमप्रति नेकपा बराहतालको विरोध

बजारलाई व्यवस्थित बनाउने परियोजना सुर्खेतबाट सुरुवात

सम्पादकीयः सवारी चाप व्यवस्थापन

Leave a comment

Your email address will not be published. Required fields are marked *