नेकपा फुट्न नदिने अन्तिम प्रयासः चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै

काठमाडौं, ११ पुस ।

चीनको सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० को उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी दुई चिरामा विभक्त भएका समयमा चीनको सत्तारुढ दल चिकपाको चार सदस्यीय उच्चस्तरीय टोली आज काठमाडौं आउन लागेको हो ।

आफ्नै मिहिनेतमा नेपालका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई एक गराएको सिपिसीका नेताहरुले पार्टी विभाजन रोकाउन प्रयास गर्ने दाबी गरिएको छ । भ्रमण टोलीलाई सिपिसीको विदेश विभागका उपप्रमुख गुओ येझोउले नेतृत्व गर्ने बताइएको छ ।

टोलीमा चार सदस्य रहने छन । टोली नेपालमा चार दिनसम्म बस्ने र सोही क्रममा बिभिन्न नेताहरुसंग भेटघाट गर्ने जनाइएको छ । नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रतिनिधिसभा विघटनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उहाँले भेट गर्नुभएको थियो । भेटमा नेकपाको आन्तरिक राजनीतिबारे यान्छीले चासो व्यक्त गरेको बताइएको छ । यद्यपि प्रतिनिधिसभा विघटनपछि यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको भने सार्वजनिक भएको छैन ।

नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी विभाजित हुन नदिन नेपालस्थित चिनियाँ राजदूतले पनि निकै नै दौडधूप गर्नुभएको थियो । यसअघि पनि फूटको मुखमा पुगेको नेकपाका नेताहरुलाई सम्झाउने काम उहाँबाट भएको थियो । भारतीय सञ्चारमाध्यमहरुले त आइतबार काठमाडौं ओर्लन लागेको टोली चिनियाँ राष्ट्रपतिकै आदेशमा आउन लागेको दाबी गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउन लागेको जनाइएको छ । उक्त टोली नेपालमा चार दिन रहने छ ।

नेकपा फुट्न नदिने अन्तिम प्रयासः चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै

‘बुवाको सल्लाहले लोकसेवा पास गर्ने उत्प्रेरणा मिल्यो’

नेकपा फुट्न नदिने अन्तिम प्रयासः चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै

दुई पालिकालाई २९ लाखको स्वास्थ्य सामग्री सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds