राउटेलाई न्यानो कपडा वितरण

दैलेख : वरिपरि घना जंगल, छेउमै बगेको बग्रेनी खोला किनारमा काठले बारेर टहराहरु निर्माण हुँदैछन् । गुराँस गाउँपालिका–४ सत्ताचौरमा बासिरहेका राउटे समुदाय यही साता वीरेन्द्रनगर नगरपालिका–१३ बग्रेनी खोला किनारमा बसाईसरेका छन् ।

गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा हिमपातले अत्याधिक चिसो बढेपछि उनीहरु सुर्खेत बसाइसरेका हुन् । उनीहरु अहिले बस्ने टहरो निर्माणमा जुटेका छन् । पुस माघको कठ्यांग्रिने जाडोबाट बच्न सुर्खेत झरेको राउटे समुदायका महामुखिया महिनबहादुर शाही भन्छन्, ‘पालले छाएको छानोबाट चिसो बिस्तारामै पुग्छ ।’

चिसोले सास्ती बेहोर्दै आएका राउटे समुदायलाई गुराँस गाउँपालिका लगायत विभिन्न गैरसरकारी निकायको पहलमा न्यानो कपडा स्वरुप बल्यांकेट सहयोग गरिएको छ । समुदायका ४६ घरपरिवारलाई प्रति परिवार एक बल्यांकेट वितरण गरिएको हो ।

बल्यांकेटसहित खाद्य सामग्री सहयोग गरिएको छ । प्रति परिवार एक बोरा चामल सहयोग गरिएको हो । ‘चिसोको समयमा बुढाबुढी र बालबालिका बढी प्रभावित भएपछि बल्यांकेट सहयोग गरिएको हो ।’, सोसेकका पूर्वअध्यक्ष सिताकुमारी रानाले भनिन् ।  राउटे युवा शिवराज शाहीले चिसोले कटेरोमा रात गुजार्न हैरान भएको बेला बल्यांकेट पाएपछि खुशी व्यक्त गरे । जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदाय काठका भाँडाकुडा बनाइ जीविकोपार्जन गर्छन् ।

राउटेलाई न्यानो कपडा वितरण

शौचालय प्रयोगविहीन

Leave a comment

Your email address will not be published. Required fields are marked *