२०८२ बैशाख १८ गते
×

Now Playing

शौचालय प्रयोगविहीन

सल्यान : पानीको अभाव देखाउँदै जिल्लाका अधिकांश सामुदायिक विद्यालयका शौचालय प्रयोगविहीन बन्दै गएका छन् ।

पानीको अभावमा शौचालय प्रयोगविहीन भएको विद्यालय व्यवस्थापनले जनाएको छ । पिउनका लागि एक गाग्री पानी ल्याउन आधा घण्टादेखि एक घण्टासम्म लाग्ने गरेको अवस्थामा शौचालयमा पानी व्यवस्था गर्न निकै समस्या हुने गरेको कृष्ण माध्यामिक बिद्यालय लेखसग्रहीका प्रधानाध्यापक मोहनकुमार रोकायले बताए ।

उनले विद्यार्थीलाई खानेपानी पु‍¥याउन नसकिरहेको अवस्थामा शौचालयमा झनै पानी पु‍¥याउन सकिने कुरै नभएको बताए । बनगाड कुपिन्डे नगरपालिकाका ६५ सामुदायिक विद्यालयमा ४० विद्यालयका शौचालय प्रयोगविहीन रहेका छन् । शौचालय भए पनि बन्द भएका कारण जंगल वा खुला स्थानमा शौच गर्न बाध्य हुने गरेको विद्यार्थीको भनाई छ ।

विद्यालयमा साविक जिल्ला शिक्षा कार्यालय, नेपाल रेडक्रस सोसाइटी, वडा कार्यालय, नगरपालिका र अन्य संघ संस्थाको सहयोगमा लाखाै‌‌‍‍ रुपैयाँ खर्च गरेर शौचालय निर्माण गरिएको थियो । पानीको अभावको कारण देखाउँदै कतिपय विद्यालयले शौचालयलाई स्टोर शाखाको रुपमा प्रयोग गर्दै आएका छन् ।

सिद्धेश्वरी माध्यामिक विद्यालय निगालचुला, सरस्वती प्राथामिक विद्यालय निगालचुला, आनदविनास आधारभूत विद्यालय वस्नेरा, कृष्ण माध्यमिक विद्यालय लेखसंग्रही, भगवती निम्न माध्यमिक विद्यालय खैरागाड, धुव्रतारा विद्यालय च्युरा, लक्ष्मी प्राथामिक विद्यालय मैदुपोखरीलगायत करिव ४० बढी विद्यालयमा पानी अभावका कारण शौचालय बन्द रहेका छन् ।

शौचालय प्रयोगविहीन

2076-10-12

शौचालय प्रयोगविहीन

राउटेलाई न्यानो कपडा वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *