सिम्ताको गाउँ सभामा ४५ करोड ६० लाखको वजेट

दुर्गा विसी
सिम्ता, १० असार ।
सुर्खेत उत्तरी पुर्वि सिम्ता गाउँपालिकाको गाउँ सभाले ४५ करोड ६० लाख ६४ हजारको वजेट प्रस्तुत गरेको छ । बुधबार उद्घाटन सत्रमा अध्यक्ष कविन्द्र कुमार केसीले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कोरोनाबाट सृजित अवस्थालाई सामान्यिकरण गर्न र रोजगारमुखी साथै उत्पादनमूलक क्षेत्रमा हावि हुने खालको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको छ ।

विकास, सुशासन र रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको अध्यक्ष केसीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम उल्लेख छ । त्यसैगरी उपाध्यक्षले चन्द्रकला शाहिले दुर्त मार्ग, चक्रपथमा १ करोड, प्रशासनिक भवनमा २ करोड ५० लाख, वडा कार्यालय भवन १ करोड, आर्थिक विकास १ करोड, पुर्वाधार विकास ५० लाख, संख्यागत विकास ३० लाख, कोभिड–१९ तथा विपद् व्यवस्थापनमा २ करोड, सामाजिक विकासमा १ करोड ५० लाख गरि ४५ करोड ६० लाख ६४ हजार ६ सय ४० बजेट सभामा प्रस्तुत गर्नुभएको छ ।

गाउँ सभा उद्घाटनपछि अब १५ दिन लगातार दफावार छलफल चल्ने जनाइएको छ । गाउँ, बस्ति र टोलटोलबाट आएका योजनालाई गहन तरिकाले अध्ययन गरी परिमार्जनसमेत गर्न सकिने जनाएको छ । विषयगत छलफलपछि बजेटले पुर्णतया विधिवत पास हुने र कार्यान्वयनको चरणमा जाने प्रमुख प्रसासकिय अधिकृत जनकवहादुर हमालले जानकारी दिनुभएको छ । समय सुहाउँदो र कोरोना नियन्त्रणमुखी वजेट आएको जनाएको छ । विशेष गरी नागरिकको जीवन प्रति बजेटले विशेष ख्याल र स्वास्थ्य प्रति निकै तिखो रुपमा प्रयोग हुने अपेक्षा राखिएको छ ।

सिम्ताको गाउँ सभामा ४५ करोड ६० लाखको वजेट

खाँडाचक्रको बजेट ६२ करोड २० लाख ८५

सिम्ताको गाउँ सभामा ४५ करोड ६० लाखको वजेट

तिलागुफा नगरपालिकाको ५९ करोड ६९ लाख वजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds