ओलीबा र पिकेको दोहोरीले सबलाई चकित पो बनायो त

हैन ! कमिनिष्टका नेतारु कोइभन्दा कोइ कम नदेख्खिने भए त हँ । ओलीबा र पिकेको दोहोरीले सबलाई चकित पो बनायो त । पार्टी अध्यक्ष हुन पाइन भनेर यत्रो रडाको मच्चा पिकेले माकुनेलाई पो पार्टी अध्यक्ष बनाको देखेर पो चित परियो त हँ । ओलीबा नि कम्ता किन हुन्थे । पिकेको चुनौतीलाई ओलीबाले फेरि ११९९ सदस्यीय महाधिवेशन तयारी समिति भनेर जिल्ला जिल्लाका कमिनिष्टलाई खेडेर दे छि अब लडाइँ हेर्ने खालकै हुने भो त हँ ! यो लडाइँको छाँटकाँट हेर्दा छिटै हारजित होला जस्तो छैन । केन्द्रका ठूला नेतालाइ त के छ र ! खा छन्, हिँड्या छन् । नेताकाँ गएर दिनभर दाह्रा किच्याछन् बस्याछन् ।

विचरा जिल्ला नेतालाई कम्ति गाह्रो छ । हिजो बन्दुक हानेर आ साथीसित अंगालो मारेर हिँड्या बेलाँ अब त्यो बन्दुक मैतिर तेस्र्याउँछकि भनेर देखाभेटै नहुने गरी हिँडनु पर्दा समस्या छ नी । हाम्रो कर्नालीयाँ त झन् ओलीबाले धुन्धुकारी काम गर्नुभन्दा पैलै कल्ले कल्लाइ उछिट्याउने भन्ने खेल चलिसक्या हुँदा ह्याँनि सरकार गिराउने र अड्याउने खेल कैले हुने हो भनेर दुबैतिर त्राहित्राहि छ । केन्द्राँ काँगे्रसको शेरसित कल्ले र कैले घाँटी जोडिन्छ । त्यसकै आधाराँ खेतीपाती हुने होला कर्नालियाँ । काँगे्रसीहरु सत्ताँ जान भनेछि आँखा चिम्म गरेर पोइल जान तयार हुन्छन् । त्यसो त काँगे्रस पार्टीयाँ नि दुख गर्या र पुराना कार्यकर्तालाई पार्टीयाट पन्छाएर चैतेहरलाई मात्रै विभिन्न बहानाँ भित्र्याएर खेतिपाती गर्या शेरबादुरको खेति कताट सप्रिन्छ । काँगे्रस नी त्यै बाटाँ हँिडने हो ।

त्यतमिात्रै काँ होर ? ओलीबाले शेरबादुर समाउने, प्रचण्डले रामचन्द्र समाउने खेल भो भने खान नपाका भिखारीहरले पार्टी फुटाल्न नि बेर छैन । त्यसै त कथित राजा ज्ञानेन्द्र यी पार्टी कैले फुटलान् र कमल थापा काँधाँ बन्दुक राखेर गणतन्त्रलाई पडकाएर गध्दियाँ बसम्ला भनेर दिनहुँजसो मान्छे सडकाँ दौडा दौडाइ छन् । अँझ भएन भनेर काँगे्रस नी फुट्ने कमिनिष्टनि फुट्ने भो भन ेत देशाँ ठूलै रडाको पो मच्चिने होला त ! कोरोनाले ज्यान लान्छकि भन्ने चिन्ताभन्दा नी अब त दलहरकै लडाइँले कोरोनाकै ज्यान जान्छकि जस्तो भो त हँ ! यस्तो भैदे त हामी नेपाली साहै्र भाग्यमानी ठानिन्थिम होला । विश्वका अरु मुलुकले जनताको कसरी उपचार गर्नेहोला भनेर चिन्ता गरिराबेलाँ नेपाली दलहरको आन्तरिक लडाइँले कोरोना निमिट्यान्न हुने भएछि यो त हाम्रा लागि मात्रै हैन, कमिनिष्टको लडाइँ विश्वकै लागि नमूना हुनेभो गाँठे ।
वेदर्षि

सम्पादकीयः भेरी–बबईमा कामको गति बढाऊ

ओलीबा र पिकेको दोहोरीले सबलाई चकित पो बनायो त

कर्णाली नदीमा जम्न थाल्यो बरफ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds