कर्णाली नदीमा जम्न थाल्यो बरफ

सिमकोट, ९ पुस ।

नेपाल–चीनसँगको सिमाना क्षेत्र हल्साको कर्णाली नदीमा बरफ जमेको छ । चिसो अत्याधिक बढेको उक्त स्थलमा तापक्रम माईनस १४ डिग्री सेल्सियस पुगको छ।

नाम्खा गाउँपालिका – ५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सिमा सुरक्षा चौकी ९बिओपी० का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए ।

उनका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । घाम नलाग्ने भएपछि चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ । नदीमा जमेको बरफ माथि हिँडेर नदी वारपार गर्न सकिने अवस्था रहेको केसीले बताए।

हिल्सादेखि अगाडि झण्डै तीन किलो मिटर नदीमा बरफ जम्ने गरेको छ। नारा लेकको खोचमा भएको कारण गत मंसिर महिनायता घाम नलाग्ने र बिहानैबाट हावा भईरहेको थियो। यसपछाडि चिसो निक्कै बडेपछि तापक्रम माईनस चौधमा झरेको छ । अत्याधिक चिसो बढेपछि खानेपानीको धारा समेत जम्न थालेको छ। सुरक्षाकर्मीका अनुसार तातो पानी तताएर हाले पछिमात्र पानी आउने गरेको छ।

वातावरण असाध्यै चिसो भएपछि हात मुख धुन पनि समस्या हुने गरेको सुरक्षाकर्मीले जनाएका छन् । चिसो बढेपछि बिओपीका सुरक्षाकर्मीहरु कार्यालयमा बिहानबाटै आगो तापेर बस्ने गरेका छन्। बिओपीले चार महिना पुग्ने गरी दाउरा र रासन पानीको व्यवस्था गरेको जनाएको छ ।

देशसञ्चारबाट साभार ।

कर्णाली नदीमा जम्न थाल्यो बरफ

ओलीबा र पिकेको दोहोरीले सबलाई चकित पो

कर्णाली नदीमा जम्न थाल्यो बरफ

छक्का पञ्जा ३ यूट्युबमा

Leave a comment

Your email address will not be published. Required fields are marked *