सम्पादकीयः बहुमतको उपहास

२०७४ को निर्वाचनमा एउटा नारा गज्जवसँग लाग्यो । त्यो के भने देशमा राजनीतिक स्थायित्व । अर्थात बारम्बार सरकार परिवर्तनका लागि हुने खेलबाट नागरिक हैरान थिए । मुश्किलले बर्षदिन पनि सरकार नटिक्ने । यही समस्याको विकल्पको रुपमा स्थायी सरकार दिने बाचा नेकपाले गरेको थियो । पाँच बर्षसम्म टिक्ने सरकार बनाउने गरी नेकपाले बहुमत पनि पायो । नागरिकले नेकपाको सोही नारालाई अनुमोदन गरे । देशमा स्थायीत्व हुने अपेक्षासहित नागरिकको मत जाहेर भयो । झण्ड दुई तिहाइको सरकार बनाएको नेकपाले अन्ततः बहुमतको उपहास गरेको छ । अझ भनौं जनताको स्थायी सरकार र राजानीतिक स्थायित्वको भावनामाथि कुठराघात नै भएको छ । बुहमत प्राप्त सत्तारुढ दलभित्रको आन्तरिक किचलोपछि जनप्रतिनिधिहरुको थलो प्रतिनिधि सभा नै भंग भएको छ । यसले देशमा पुनः राजनितिक अस्थिरताको संकेत गरेको छ । देशलाई फेरि राजनीतिक मुढभेडमा धकेलिएको छ । यो लोकतन्त्रका लागि राम्रो संकेत पक्कै होइन ।

देशमा पछिल्लो राजनीतिक घटनाक्रम विकसित हुनुमा जसले जसलाई आरोप लगाए पनि मुख्या कमजोरी नेकपाकै हो । जेसुकै तर्क गरिए पनि नेकपाभित्रको आन्तरिक सत्ता संघर्षका कारण यो अवस्था आएको हो । पार्टीभित्रको समिकरण तयार गरेर एउटा पक्षले जनताको भावनाविपरित प्रधानमन्त्रीलाई काम गर्न नदिने वातावरण सिर्जना गरेको देखियो भने प्रधानमन्त्रीले पनि पार्टीमा रहेको असन्तुष्टीलाई सम्बोधन गर्न सकेनन् । यही कारण पार्टीभित्रको विवादले संसद नै भंग हुनुपर्ने अवस्था आयो । अर्थात् आफ्ना स्वार्थ पूरा गर्न सत्तारुढ नेकपाका शिर्ष नेताहरुको अपरिपक्वताका कारण कतै व्यववस्था नै खतरामा त पर्ने होइन भन्ने आशंका पनि पैदा भएका छन् । आफैले लडेर ल्याएको लोकतन्त्र, आफैले संघर्ष गरेर स्थापना गरेको गणतन्त्र र आफैले निर्माण गरेको संविधानमाथि नै नेताहरुदे खेलवाड गर्न थालेका छन् । यसबाट उत्पन्न हुने संकटले सबैभन्दा नोक्सान त नेकपालाई नै हुने देखिन्छ । किनकी जनतालाई स्थायीत्वको नारा दिएर बिचमै धोका दिएका छन् नेकपाका नेताहरुले ।

नेकपाले जुन बहुमत ल्यायो । जनताबाट जुन समर्थन पायो । आज त्यसको सदुपयोग नेकपाले गर्न सकेन । अर्थात बहुमतको उपहास भयो । पाँच बर्षसम्म जनताले चुनेर पठाए । तर दुई वर्ष बाँकी छँदै नेकपाका नेताहरुले बुहमत थेग्न सकेनन् । यसबाट जनताले अब के अपेक्षा गर्ने ? अनि आउँदो बैशाखमा तोकिएको मध्यावधि निर्वाचनमा यी नेताहरु के भनेर जनताको बिचमा मत माग्न जाने ? बहुमत दिदा पनि सरकारले पुनै अवधि काम गर्न नसक्ने हो भने नागरिकले अब मतदान किन गर्ने ? यस्ता प्रश्नको जवाफ नेकपाका शिर्ष नेताहरुले नागरिकलाई दिनै पर्दछ । फेरि पनि लोकतन्त्रको जग भनेकै जनताको मत हो । निर्वाचनबाट सिर्जना भएको सत्ताले मात्र लोकतन्त्रलाई संस्थागत र बलियो बनाउँछ । यसकारण देशलाई राजनीतिक वन्दी बनाउने छुट कसैलाई छैन । जनताको भावनाअनुसार आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नेतर्फ दल र तिनका नेताहरुले गम्भिर भएर ध्यान दिन जरुरी छ ।

सम्पादकीयः बहुमतको उपहास

ओलीबा डेन्जर छन्

सम्पादकीयः बहुमतको उपहास

विद्यालय र स्वास्थ्य चौकीलाई हात धुने स्टेशन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds