ओलीबा डेन्जर छन्

ओलीबा डेन्जर छन् । धेरै नजिस्क्याओ । थलैपर्ने गरी ठस्काउँछन् भन्या त होनी । आखिर ढाड सेक्कीने अरी ठस्काएकी नाई । आफनो पार्टीका सितको रिस आँफूभित्रै सिमित नराखेर अरु दलका नेताहरकोसमेत चेतसातो जाने गरी एक्कासी संसद विघटन गर्देछि ऐले बजाराँ चर्चै ओलीबाको छ । चर्चा नहोसनी कसरी ? कसैले सोच्दै नसोच्या कुरा गर्देछि ओलीबा त त्यसै हाइहाइ नि । ओलीलाई कसरी प्रधानमन्त्रीयाट हटाम भनेर लाग्या माकुने र छवीलाल एक्कासी ओलीले सदन भंग गरेरे भन्ने सुनेछि ऐले यिन्तु न चिन्तु भएर ढलिरा छन् भन्दैछन् साना ओलीबाहरु ।

ओलीबाको संसद विघटनपछि जल्ले जस्तो आरोप लगाउन् । मलाइ भन्नु केही छैन् । तर राष्टपति र प्रधानमन्त्रीको चोचोमोचो मिल्या देख्दा साँच्चै दोस्तीचाइँ नमुनै रैछ ।ं अदालतले गढबड गरेन भने त ओलीबाले प्रचण्डलाई धुलोपिठो बनाएर उडाउने भए । अदालतकाहरले ओलीको गुन विर्से र भंगमा ढंग नपुग्या भनेर सदन ब्युँताइदे भने त फेरि ओलिबा सारै नमजासित आँफूले खन्या खाल्टाँ आँफै जाक्किने भए त हँ । हुन त ओलीबाका लागि कोरोनाको महामारी नै काफीछ ।

यता अदालतले मुद्दा उल्ट्याउन नपाउँदै संकटकाल लाएर विरोधी नेता जतिलाई तौलीया रासन खाने ठाउँ (जेल) तिर पठाएर संकटकालका नामाँ दुइचार बर्ष सरकार चलाएनी त भो क्यारे । आखिर यो कला ज्ञानेन्द्रले पैलै देखाइ सक्या र सिकाइ सक्या छन् । गोडा चारपाँचेक बर्ष खाए भनेत ओलीबा अघाइ पनी त जालान् त । बिचरालाई ५ बर्ष ढुक्कसित खान नदेर कैलेको अध्यक्षाँ किचलो, अनि कहिलेको प्रधानमन्त्रीयाँ किचलो गर्देछि के गरुन तनि ! लाखा, नरहे बाँस नबजे बाँसुरी भनेर खान खोज्या चिजै उडाइदेछि खैलाबैला त त्यसै मच्चिने भैगोनी ।

रातदिन पार्टी पार्टी भनेर नथाक्ने प्रचण्डलाई तेरो पार्टी तैँ लैजा भनेर जिम्मा लाइदेछि अब प्रचण्डहरले केपीलाई कसरी हेर्नेहुन् छुट्ट्याउनै गाह्रो भैगो । आँफूमाथि कारवाही भएनी ओली नेकपा एमाले लेर जाने नभएनी पुराना एमालेजती आफ्ना खेमाँ आउ, माओवादी हटाउ भनेर माओवादीको गन्धै मन नपराउने भएछि अब कमिनिष्टको सरकार लैबरी भयो भयो । भाग्यमानी नेपालीहरले तीन बर्ष नि राम्ररी कमिनिष्टको सरकार राम्ररी ब्यहोर्न नपरेछि उनरलाइ नि राम्रै भो नि हैन र ? अरु जेसुकै गरेनी चुनाव चाइँ तोकेकै मितियाँ गर्न पर्ला है ओलीबा । काँगे्रसीहरु सत्ताँ जान नपाएर छटपट्ट्यिा छटपटियै छन् । जयहोस् ओलीबाको ।

वेदर्षि

ओलीबा डेन्जर छन्

गरिबलाई झन् गरिब बनायो जनता आवासले

ओलीबा डेन्जर छन्

सम्पादकीयः बहुमतको उपहास

Leave a comment

Your email address will not be published. Required fields are marked *