कोरोना त्रासका कारण रोकियो ‘ए मेरो हजुर ४’ को छायांकन

केही हप्तादेखि काठमाण्डौ बाहिर छायांकन भैरहेको चलचित्र ‘ए मेरो हजुर ४’ को टिमले छायांकन रोक्ने निर्णय गरेको छ । नेपाल सरकारले एकै स्थानमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएसँगै यसको टिमले छायांकन रोक्ने निर्णय गरेको हो ।

चलचित्रकी निर्देशन झरना थापाले मानव जातीलाई चुनौती बनेको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ख्याल राख्दै छायांकन रोकिएको बताइन् । उनले छायांकन रोकिदा प्राविधिकहरुमा पर्न गएको असुविधाप्रती क्षमा समेत मागेकी छिन् ।

चलचित्रको निर्माण टिमले चाडै नै छायांकनमा फर्किने विश्वास व्यक्त गरेको छ । यो चलचित्रको छायांकन नेपालसँगै यूरोप र ओमानमा पनि हुने बताइएको छ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । चलचित्रमा नायक अनमोल केसी, सलोन बस्नेत र नायिका सुहाना थापाको मुख्य भूमिका छ ।

कोरोना त्रासका कारण रोकियो  ‘ए मेरो हजुर ४’ को छायांकन

कुन कामका लागि कस्तो माटाेमा बनाउने घर

कोरोना त्रासका कारण रोकियो  ‘ए मेरो हजुर ४’ को छायांकन

केश रंग्याउनुअघि ध्यान दिनुपर्ने विषय

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds