‘कण्डमलाई टोपी नभन्नुस्, कण्डम नै भन्नुस्’

नायिका ऋचा शर्मा अहिले टिभी रियालिटी शोमा जज छिन् । नेपालकै पहिलो कमेडी रियालिटी शोमा सन्तोष पन्त, प्रदीप भट्टराई, मनोज गजुरेलसँगै ऋचाको जज प्यानल छ । कमेडी च्याम्पियनले लोकप्रियता हासिल गर्नुको प्रमुख कारण त यसका प्रतिस्पर्धीहरुको स्तर नै हो ।

अर्को सहायक कारण चाहिँ जजहरु पनि हुन् । चारै जना जजहरुको सटिक मूल्याङ्कन गर्ने क्षमता छ तर शैली आ–आफ्नै छ । अन्य रियालिटी शोमा जस्तो जजहरुमाथि यसमा प्रश्न उठेको छैन । सुरुमा ऋचालाई जजको स्थानमा देख्दा कतिपयले प्रश्न उठाएका थिए, के आधारमा उनी कमेडी शोको जज ? तर, ऋचाले आफूमा स्ट्यान्ड अप कमेडीको मूल्याङ्कन र विश्लेषण र्ने क्षमता रहेको प्रमाणित गरिसकेकी छन् । कहिलेकाहीँ सामान्य गल्तीहरु त भइ नै हाल्छन् ।

यहाँ प्रसंग चाहिँ गत हप्ताको एपिसोडको हो, जहाँ एक प्रतियोगीको प्रस्तुतिमाथि मत जाहेर गर्ने क्रममा ऋचाले भनिन््, ‘कण्डमलाई टोपी होइन, कण्डम नै भन्नुस् ।’
उक्त प्रस्तुति थियो हिमेश पन्तको । केही साताअघि ‘सीता मातालाई रक्सी खुवाउनुपर्ने’ संवाद बोलेर विवादमा आएपछि हिमेशको आत्मविश्वास डग्मगाएको छ । पछिल्ला दुई एपिसोडमा उनको कमेडी त्यति सन्तोषजनक छैन ।

गत हप्ताको एपिसोडमा आफ्नो बाल्यकालको एउटा स्मरणलाई कमेडीमा ढालेर पेश गरेका थिए, तर खासै जम्न सकेन । त्यही क्रममा कण्डमको प्रसंग निकालेका थिए । तर, उनले कण्डम नभनि सांकेतिकरुपमा ‘टोपी’ भने । यो कुरा ऋचालाई चित्त बुझेनछ । उनले हिमेशको प्रस्तुतिको चर्चा गर्ने क्रमममा सोधिन्, ‘तपाईंले किन कण्डमलाई टोपी भन्नुभयो ?’

हिमेशले उत्तर दियो, ‘मलाई सँधै कमेडीमा छाडा शब्द बोल्यो भनेर आरोप लाग्छ, त्यसैले अनि ऋचाले सम्झाउँदै भनिन्, ‘अहँ, यो ठिक भएन ।
कण्डमलाई टोपी होइन, कण्डम नै भन्नुस, यही राम्रो सुनिन्छ ।’ हिमेश ट्वाँ परे । सायद सोचिरहेका थिए, बोल्ड शब्द प्रयोग गर्दा पनि आलोचना हुन्छ, घुमाएर भन्दा पनि सुख छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *