डाक्टर केसीद्वारा जुम्लामा १९ औं सत्याग्रह सुरू

सुर्खेत, २९ भदौ ।

डाक्टर गोविन्द केसीले फेरी १९ औं सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनले अनसन सुरु गरेका हुन् ।

केसी लकडाउन अघिदेखि नै जुम्लामा छन्। कर्णालीका विकट जिल्लामा उनी औषधिरउपचार गर्दै हिँडिरहेका थिए।उनले यसपल्टको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै डा. केसीले अनसन सुरु गरेका हुन् ।

डाक्टर केसीद्वारा जुम्लामा १९ औं सत्याग्रह सुरू

जुम कक्षा बारे घोचपेच

डाक्टर केसीद्वारा जुम्लामा १९ औं सत्याग्रह सुरू

जापानमा कर्णालीबासीहरु संगठित, अध्यक्षमा कृष्ण शाही

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds