जापानमा कर्णालीबासीहरु संगठित, अध्यक्षमा कृष्ण शाही

टोकियो, २९ भदौ ।
जापानमा कर्णाली प्रदेशका नेपालीहरु एकजुट भएका छन् । कर्णाली प्रदेशका विभिन्न १० जिल्लाबाट जापान आई विभिन्न क्षेत्रमा संलग्न नेपालीहरुलाई गोलबन्द गरी प्रवासका समस्यालाई समाधान गर्दै समग्र कर्णाली प्रदेशको उत्थानका लागि जापानबाट क्रियाशील रहने उद्देश्यले कर्णाली प्रदेश समाज जापानको गठन भएको हो ।

आइतबार साँझ भर्च्युअल प्रविधिबाट भएको कर्णाली भेलाद्वारा कृष्ण शाहीको अध्यक्षतामा सर्बसम्मत कर्णाली प्रदेश समाज जापानको गठन भएको छ । कर्णाली प्रदेश समाज जापानको कार्यकारी समितिको वरिष्ठ उपाध्यक्षमा बसन्त घर्ती मगर, उपाध्यक्षमा भीमप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा रञ्जिता बुढाथोकी, महासचिवमा केबी टमटा, चारजना सचिवमा क्रमशः माधव थापा, ईन्द्रजित अधिकारी, नारायण न्यौपाने र हरिश्चन्द्र उपाध्याय सर्बसम्मत चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा हिमप्रकाश थापा र सहकोषाध्यक्षमा महेन्द्र केसी चयन भएका छन् भने सदस्यहरुमा बिष्णु रोकाय, गौरीप्रसाद न्यौपाने, हरिबहादुर शाही, जुनकुमार रोकाय, कमल शाही, युवराज धमला, जीबन शाही, नवराज थापा, बीरेन्द्र शाही र सिर्जना रोकाय चयन भएका छन् ।

डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालीकोट, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र पश्चिम रुकुम गरी १० जिल्ला ओगटेको कर्णाली प्रदेशलाई आधार क्षेत्र मानी त्यस क्षेत्रको समृद्धिका लागि जापानबाट संभावित योगदान पुरयाउन पहल कदमी गर्ने र सो क्षेत्रबाट जापान आएका नेपालीहरुबीच पारस्परिक भाइचारा, सहयोग तथा सम्बन्धलाई बिस्तार गर्ने समाजको मुख्य उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष शाहीले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन शास्त्रमा स्नातकोत्तर गरेका सुर्खेतबासी अध्यक्ष शाही २०१४ मा भाषा विद्यार्थीका रुपमा जापान गएका हुन् । हाल उनी एक जापानी कम्पनीमा कार्यरत छन् । अध्यक्ष शाहीले भने भूगोलले दुरदराज मानिएको हामी कर्णालीबासीहरु पनि जापानमा अब जाग्नुपर्छ, आफ्नो माटोका लागि हाम्रो स्तरबाट हुन सक्ने सक्दो योगदानका लागि एकजुट हुनुपर्छ भन्ने मुलभुत मान्यताबाट हामी संस्थागतरुपमा एक भएका हौं, हाम्रो भावी कार्यक्रम तथा कार्ययोजना क्रमशः डेलिभरी गर्दै जाने छौं । समयको माग अनुसार कर्णालीबासी एक ठाउँमा गोलबन्द भएका हौ, यस बिशुद्ध सामाजिक संस्थामा जोडिनका लागि जापानमा रहनुभएका समस्त कर्णालीबासीहरुलाई हार्दिक अपिल गर्दछौं ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *