२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

असल राष्ट्र निर्माणका लागि शिक्षामा लगानीको खाँचो : नेता शाह

दुर्गा विसी
सुर्खेत, २९ भदौं ।
सल्यानको बागचौर नगरपालिकामा रहेको शिशु जागरण माविमा एकै पटक विद्यालय भवन निर्माणसँगै फिल्ड निर्माण र गेटको काम सम्पन्न भएको छ । उक्त विद्यालयको भौतिक विकासको सम्पन्नता भएको कामहरुको संयुक्तरूपमा उद्घाटन गरिएको छ । नेकपाका प्रदेश कमिटी सदस्य तथा शिशु जागरण मावि खोरबारेका विव्यस अध्यक्ष लोक बहादुर डांगीको अध्यक्षतामा भएको कार्यक्रमको दुई कोठे भवन विद्यालयको गेटसँगै फिल्ड निर्माण कार्यको उद्घाटन गरिएको छ ।

शिशु जागरण मावि बागचौर नगरपालिकाको आ.व. २०७६/०७७ मा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको २० लाखमा २ कोठे भवन त्यसैगरी कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम अन्तरगत २० लाख लागतमा निर्मित गेट तथा फिल्ड निर्माण कार्यको प्रमुख अतिथि नेकपाका केन्द्रीय, सल्यान जिल्ला सह–इन्चार्ज तथा प्रमुख सचेतक गुलाव जंग शाहद्वारा सँयुक्त रुपमा उद्घाटन गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि बागचौर नगरपालिका उप–प्रमुख कल्पना पुन, अतिथिहरु नेकपा बागचौर नगर कमिटी कमिटी अध्यक्ष घनश्याम शर्मा, बी.न.पा.–८ का वडा अध्यक्ष रोमु शाही, ९ का वडा अध्यक्ष मोहन चन्द, वडा सदस्यहरु पवित्रा वली, प्रेम बहादुर वली, लेखराज वली, नेकपा जिल्ला कमिटी सदस्य जनक विक, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शोभाराम भण्डारी, नगर कमिटी सदस्यहरु बल बहादुर भण्डारी, भुपेन्द्र केसी, गोविन्द डांगी, चित्र बहादुर राना, दीपक शर्मा, नेकपा बीनपा–१२ नम्बर वडा अध्यक्ष डिल्ली बहादुर वली, नेपाली कांँग्रेस पार्टी प्रतिनिधि काली बहादुर भण्डारी, नेपाल शिक्षक संगठन बागचौर नगरपालिकाका अध्यक्ष शिवराज वली, नेपाल शिक्षक संघका अंगेश्वर डांगी, शिक्षक चन्द्र प्रकाश वली लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम बोल्ने बक्ताहरुले शिक्षाको विकासमा ठुलो सहयोग भएको र त्यसको जस माननीय शाहलाई धन्यवाद दिएका थिए । भवन उद्घघाटन कार्यक्रम बोल्दै नेता शाहले शैक्षिक क्षेत्र सुधारमा ४ पिलरको महत्वपूर्ण भुमिका हुने भन्दै अभिभावक, शिक्षक, विद्यार्थी र राजनिति गर्ने नेतृत्वको सक्रियताले शिक्षामा आमुल सुधार गर्न सकिने जनाउनु भयो ।

शिक्षा क्षेत्रको विकास गर्न गाह्रो नभएको र शिक्षा क्षेत्रलाई फलाउने फुलाउने स्थानीय तहको नै पहिलो भुमिमा रहेको उहाँको भनाई थियोे । नेपाल संघीयतामा गई सकेपछि ३ तहको सरकार रहेकाले १–१२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइसकेकोले प्रदेश र संघीय सरकारले स्थानीय तहलाई भरपुर सहयोग गर्नुपर्ने कुरा औंल्याएको थियोे ।

शिक्षा क्षेत्र मात्रै नभइ अन्य विकास निर्माणका कामहरुमा पनि ३ तहका सरकारले सहकार्य गर्नुपर्ने, हिजोकै ढर्राबाट नभई नयाँ कोणबाट ३ तहका सरकार मिलेर शिक्षा लगायत विकासका कार्यमा गुरु योजना बनाई अगाडी बढनु पर्ने जोड रहेको थियोे । नत्र संविधानले परिकल्पना गरेको अपेक्षा पूरा नहुने, शिक्षा आबश्यकतामुखी, स्वरोजगारमुखी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बिक्रि हुने ब्राण्डको जनशक्ति उत्पादन गर्नु पर्ने, देश विकास नै शिक्षा भएकोले शिक्षा क्षेत्रमा व्यापक लगानी गर्नुपर्ने लगायत महत्वपूर्ण भनाई राख्नु भएको थियोे । नेता शाहको विशेष पहलमा गत आर्थिक बर्षमा उक्त विद्यालयमा भवन निर्माणसँगै फिल्ड र गेट निर्माणको काम सम्पन्न भएको छ ।

असल राष्ट्र निर्माणका लागि शिक्षामा लगानीको खाँचो : नेता शाह

जापानमा कर्णालीबासीहरु संगठित, अध्यक्षमा कृष्ण शाही

असल राष्ट्र निर्माणका लागि शिक्षामा लगानीको खाँचो : नेता शाह

तोकिएको मितिमै होला त नेकपाको महाधिवेशन ?

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!