पहिरोले जाजरकोटका ग्रामिण सडक अवरुद्ध

जाजरकोट, ३० असार ।

कुशे गाउँपालिकाका ९ वटै वडामा सडक पुगेको छ । सदरमुकाम खलंगासँग पनि सडकको पहुँच पुगेको छ । तर बर्खा सुरु हुने वित्तिकै कुशेको सदरमुकामसँगको यातायातको पहुँच टुटिसकेको छ । बर्षे भेलले खलंगा– पाँचकाटिया–भार्मा सडक अवरुद्ध गरिदिएपछि गाउँपालिका र सदरमुकाम बीचको यातायात सम्बन्ध विच्छेद भएको हो ।

गाउँपालिकाले डोजर प्रयोग गरेर खनेका ग्रामिण सडक ठाउँ ठाउँमा पहिरो गएका कारण अवरुद्ध छन् । कुशेमा मात्र होइन जिल्लाका सातवटै स्थानीय तह र सडक डिभिजनले खनेका सडक सबै अवरुद्ध अवस्थामा छन् । जाजरकोट सदरमुकाम खलंगा जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष धेरै वर्षा भएको र जथाभावी डोजरले खनिएका सडकमा पहिरो जाँदा दर्जन बढी ग्रामिण सडक अवरुद्ध भएका हुन् ।

सडक अवरुद्ध भएपछि मानिस घण्टौं पैदल हिँड्न बाध्य भएका छन् भने दैनिक उपभोग्य मालसमान र अन्य निर्माण सामग्री ढुवानीमा समस्या परेको छ । केही दिनअघि परेको वर्षातले जिल्लाका दर्जन बढी सडक बन्द भइसकेका छन् । तर ती सडकमा गएको पहिरो हटाउन सडक डिभिजनले कुनै पहल गरेको छैन । सामान्य बजेटले सडक खुलाउन सक्ने अवस्था छैन । भिरालो जमिनमा जथाभावी रुपमा सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामिण भेगमा पहिरोको जोखिम बढेको छ ।

मापदण्ड विपरित जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमिनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो । पहिरोले छेप्का–कैन, कालिमाटि– लहाँ, खलंगा–पाँचकाटिया–पैक, दशेरा –सुयाडा, भुर–स्याउली, जगतिपुर –छिपे्रना, छेडा–थलह, थलह– लुहादहलगायतका दर्जन बढी सडक अवरुद्ध भएका छन् । तर ती सकड खुलाउन सम्बन्धित निकायले पहल गरेका भने छैनन् । नालीबिनाको सडक भेलले चिराचिरा पारेको छ ।

सडकमा गएका ठूलो पहिरो पन्छाउन, जाली भर्न र मेसिनरी पर्खाल लगाउन प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ‘स्थानीय सरकारको बजेटले सक्ने अवस्था छैन, सडक मर्मत र स्तरोन्नतीका लागि अन्य निकायले चासो देखाउँदैनन्,’ उनले भने हामीलाई प्रकृतिले पनि ठगेको छ।’

पहिरोले दुई साताअघि भेरी नगरपालिका ११ जगतिपुर भनारीगाँउका दुई वर्षीय पुष्कर वरको ज्यान गएको छ । एक साता अघि झुम्रे खोला तर्नेक्रममा नलगाड नगरपालिका ४ का ५० वर्षीय शान्तबहादुर सार्की बेपत्ता छन् ।

पहिरोले जाजरकोटका ग्रामिण सडक अवरुद्ध

थुनुवाको सम्पर्कमा आएका थप दुई प्रहरीमा कोरोना

पहिरोले जाजरकोटका ग्रामिण सडक अवरुद्ध

निर्माण कार्य सुरु गरेको पाँच वर्षमा जिल्ला

Leave a comment

Your email address will not be published. Required fields are marked *