ओली-दाहाल छलफलमा, कर्णालीको समस्या मुख्य एजेन्डा

काठमाडौं, २६ असोज ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि नेकपाका दुई अध्यक्ष छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

जारी भेटवार्तामा कर्णाली प्रदेश सरकारका विषयमा उत्पन्न विवादका बारेमा छलफल भइरहेको दाहालको सचिवालयले जनाएको छ । छलफलमा मन्त्रिपरिषद् पुर्नगठन र पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने विषयमा पनि कुराकानी हुने बताइएको छ ।

मुख्यमन्त्रीकै विरुद्धमा पूर्व एमाले समूहका १५ र पूर्व माओवादी समूहका ३ जना सांसद विपक्षमा उभिएपछि अहिले मुख्यमन्त्री शाही अप्ठ्यारोमा परेका छन्।

२६ भदौंमा सम्पन्न भएको पार्टीको स्थायी कमिटी बैठकले सरकारका कामलाई प्रभावकारी बनाउन संघ र प्रदेशमा मन्त्रिपरिषद्को हेरफेर गर्न सकिने निर्णय गरेको थियो। उक्त विषयमा पार्टीको केन्द्रीय नेतृत्वमा छलफल अघि नबढ्दै कर्णाली प्रदेशमा विवाद देखा परेको हो।

केहीसमयदेखि दुई अध्यक्ष छलफलमा रहे पनि ठोस प्रस्ताव ल्याउन सकेका छैनन्। त्यस्तै मन्त्रिपरिषद्को पुनर्गठन लगायतको काम पनि अन्यौलमा नै रहेको छ।

नेकपाको ६ असोजमा बसेको सचिवालयको बैठकले १० दिन भित्र पार्टी एकताको बाँकी काम सक्ने प्रस्ताव तयार पार्न अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी तोकेको थियो। तर, १० दिनको समय घर्किसक्दा पनि प्रस्ताव तयार भएको छैन।

ओली-दाहाल छलफलमा, कर्णालीको समस्या मुख्य एजेन्डा

बैंक नोट, फोन स्क्रीन र स्टीलमा २८

ओली-दाहाल छलफलमा, कर्णालीको समस्या मुख्य एजेन्डा

दशैंको मुखमा पनि हुम्लाको लिमीमा छैन खाद्यान्न

Leave a comment

Your email address will not be published. Required fields are marked *