छिन्चुमा यात्रु सहायता कक्ष सञ्चालन

सिपि कार्की
सुर्खेत (भेरीगंगा), २६ असोज ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट छिन्चु र ईलाका प्रहरी कार्यालय छिन्चुको सयुक्त आयोजना तेस्तै भेरिगंगा जेसीजको सहकार्यमा चाडपर्वको समयमा यात्रुको सुविधालाई ध्यानमा राखेर छिन्चु बजारमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

दशैँ, तिहार र छठ जस्ता पर्वहरूमा यात्रुको चाप अत्यधिक बढ्ने र त्यस्तो अवस्थालाई व्यवस्थित गर्न र यात्रुलाई ठगिनबाट बचाउन यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट छिन्चुका नि.इन्चार्ज प्रदिप रोकायले बताउनु भयो ।

सहायता कक्षमा कुनै प्रकारको गुनासो आए तत्काल सुनुवाई गर्ने व्यवस्था रहेको उहाले बताउनु भयो । ‘सवारी साधनमा हुन सक्ने यात्रुका समस्याहरू, चर्को भाडादर असुली, सामान चोरी, सामान छुट्ने, अनावश्यक चिजवस्तुहरुमा केही खुवाएर लठ्ठ बनाएर समान लुट्ने लगायतका समस्याहरू सम्बोधन गर्छौ,’ उहाँले भन्नुभयो ।

सहायता कक्षमा विद्यमान कोरोना महामारीलाई ध्यानमा राखी उक्त महामारीबाट बच्न सचेतना अपनाउने सावधानीको बारेमा जानकारी समेत गराइने छ । उक्त कार्यक्रम भेरीगंगा नगरपालिका १२ का वडा अध्यक्ष हरि प्रसाद कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

छिन्चुमा यात्रु सहायता कक्ष सञ्चालन

YUGAAWHAN NATIONAL DAILY (2077-06-26)

छिन्चुमा यात्रु सहायता कक्ष सञ्चालन

नेकपा पूर्वतिर फर्किए पछि

Leave a comment

Your email address will not be published. Required fields are marked *