कोरोना कहर

‘कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धी’ भन्या के होला भन्ने लाग्थ्यो । जैलेसम्म यसको अर्थ बुझियाथेन । जब यसको अर्थ बुझियो, तब कैले हाँसो र कैले भित्रैदेखि रिस उठेर आउँछ । जब यो उखानसँग मेल खाने गतिविधि आउँछन् । जस्तो पछिल्लो समय फेसबुकाँ कपल च्यालेन्जदेखि अनेकन च्यालेन्जमा नेपालीहरु रमाइ रहेका छन । सन् २०१९ को डिसेम्बरको तेस्रो सातादेखि चीनको बुहानमा फैलिएको कोरोना भाइरस रोगको महामारी संसारभर फैलिरहँदा यो महामारीबाट कसरी मुक्ति पाउने भनेर सबै मुलुक चिन्तित छन् ।

यसको औषधीको खोजीमा अनुसन्धान कर्तावीच च्यालेन्ज चलिरा’छ । रातदिन भ्याक्सिन निर्माणमा लागि पनि राछन् । आँफूलेभन्दा पहिले अरुले भ्याक्सिन उत्पादन गरी हाल्छन् की भन्ने चिन्तित छन् । तर हामी नेपाली भने बुढाबुढी फोटो खिचाएर फेसबुकाँ हाल्ने, लाइक र कमेन्टलाई नै आफनो बौद्धिक खुपि र क्षमताको प्रर्दशन सम्झि रहेका छौँ । यस्तो चालाले माथि उठने कैले होला । त्यही चिन्तालाएर आउँछ । खोज र अनुसन्धानको न त क्षमता नै छ न अवसर नै छ । यसो कैलेकाइँ कसैले कतै खोज र अनुसन्धान गर्ने रुचि जगायो भने सरकाले त्यसको अवसरै दिँदैन ।

अनि कैलेकाँही दिनुपर्ने जवाफ कतैबाट आइ नै हालेछ भनेनी त्यो मान्छे कुन राजनीतिक दलसित नजिक वा आबद्ध छ । त्यसको खोजिनीति गरेर त्यै राजनीतिक आवरणको आडमा उसको सबै चाहना तुहाइन्छ । यस्तो कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धीभा सरकारसँग हात फैलाउन मान्छे सितिमिति तयार हुँदो रैनछ । त्यसैले पनि होला नेपालाँ न त सरकार न त ब्यक्ति । कोही पनि केही गर्न तयार भा देखिन्न । बरु बौद्धिक व्यक्तित्वहरु जसरी हुन्छ विदेश पलायन हुन ज्यान फालेर लाग्या हुन्छन् ।

जुन देशको सरकारले खोज, अनुसन्धान र बौद्धिक क्षमताभा मान्छेलाई उसले गर्न चाहेको कुरा गर्ने अवसर जुटाइ दिन्न त्यस्तो मुलुकले देशलाई समृद्ध बनाउँछु भन्नु जनतामाथि छल गर्नु बाहेक अरु केही हुँदैन । सरकार चलाउनेदेखि फेसबुक चलाउनेसम्मको बुद्धि जबसम्म ‘कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि’को उदाहरण बनिरहन्छ । तबसम्म नेपाल र नेपाली भनेर गर्व नगरे हुन्छ ।

–वेदर्षि

कोरोना कहर

नयाँ बसपार्का

कोरोना कहर

नेकपामा सत्तासंघर्ष : केन्द्रबाट प्रदेशतिर

Leave a comment

Your email address will not be published. Required fields are marked *