नेकपा सिम्ता वडा कमिटीको सपथ

दुर्गा विसी
सिम्ता, २६ साउन ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सिम्ता गाउँपालिका वडा नं. ३ वडा कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सपथ ग्रहण तथा वडा नं. ३ को वडा कमिटीको पूर्ण प्रथम बैठक कार्यक्रमले पार्टीका गतिविधि बढाउने निर्णय समेत गरेको छ । नेकपा ३ नम्बर वडा अध्यक्ष टेकबवहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रम सपथ ग्रहण तथा पुर्ण प्रथम वैठक कार्यक्रम भएको जनाएको छ । विगत लामो समयदेखि उक्त वडामा केही कुरा नमिलेपछि सपथ ग्रहण कार्यक्रम रोकिएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सदस्य गणेश विकले पार्टी सुदृढीकरण र वडा स्तरमा कार्यक्रमहरु चलाएमान बनाउन मातहतका कमिटीलाई अनुरोध गर्नुभएको थियोे । वडा कमिटी सचिव लोक बहादुर शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि गणेश बिक, जिल्ला कमिटी सदस्य जित बहादुर सिंंह, नेत्रलाल महतरा, कुहिरा सिंह, कोकिला सिंह, नेकपा सिम्ता गाउँपालिका पार्टी सचिव झुप बहादुर बुढा, गाउंँ कमिटी याम बवहादुर खत्री, नहकुल बुढा, तेजबिक्रम सिंह, भद्र बुढा, शिबधर बुढा र बल बहादुर दमाइले धारणा राखेको सचिव लोगवहादुर शाहीले जानकारी दिनुभएको छ ।






