पन्ध्र करोडमा खुल्यो डेरी उद्योग

सुर्खेत : वीरेन्द्रनगरमा कर्णाली प्रदेशमै अत्याधुनिक मेसिनसहितको डेरी उद्योग स्थापना भएको छ । अत्याधुनिक दुग्ध प्रशोधन मेसिनको परिक्षण सम्पन्न भएपछि शनिवार डेरी उद्योग स्थापना गरिएको हो ।

१५ करोड रुपैयाँको लागतमा स्थापना गरिएको दुग्ध प्रशोधन मेसिनसहितको सुर्खेत डेरी उद्योगको केही दिनमा उद्घाटन गरिने सञ्चालक जयकृष्ण सापकोटाले जानकारी दिए । उद्योग वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ मा रहेको औद्योगिक क्षेत्रमा करिब दुइ रोपनी जग्गामा स्थापना गरिएको छ ।

‘दैनिक रुपमा कम्तिमा पनि ३०हजार लिटर दुध खपत गर्नेगरी हामीले उद्योग सञ्चालन गरेका हौं’ सञ्चालक सापकोटाले भने, ‘सुर्खेतकै नौ वटा स्थानीय तहलगायत, दैलेख, रुकुमपश्चिम, जाजरकोटदेखि दुध आयात गरिनेछ भने ती सबै स्थानमा पाँचसय लिटरदेखि दुइहजार लिटरसम्मको दुध अटाउने चिस्यान केन्द्र स्थापना गर्ने गरी हामी अघि बढेका छौं ।’

उद्योगले सरकारी दरअनुसार किसानबाट दुध खरिद गर्ने र सरकारी दरअनुसार नै विक्री गर्ने तयारी गरेको सञ्चालक सापकोटाले बताए । ‘प्रशोधित दुध लेबलिंग, प्याकेजिंगसहित गुणस्तरयुक्त तरिकाले उपभोक्ता सम्म पु¥याउने हाम्रो योजना छ ।’ उनी भन्छन्, ‘सुर्खेतमा चौकुनेको तीन स्थान, मेहलकुना, बड्डीचौर र दैलेखमा अहिले चिस्यान केन्द्र एवम दुध संकलन केन्द्र स्थापना गर्न लागेका छौं ।’

पन्ध्र करोडमा खुल्यो डेरी उद्योग

शंकरले छाडे विप्लव समूह

1 Comment

  1. Jitendra Tripathi
    27th Apr 2020 Reply

    Job for enggring department

Leave a comment

Your email address will not be published. Required fields are marked *