सल्लीबजारमा अनुगमन

दुर्गा विसी ।

सल्यान,२२ असोज ।

सल्यान पश्चिम क्षेत्रमा बजार अनुगमन गरिएको छ । नगरको उप प्रमुख मञ्जु यरी सहितको टोलीले बजार अनुगमन गरेको हो । सल्लिबजारबाट सुरु गरिएको अनुगमन स्थानीय सबै बजारमा पनि गरिने सुचना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।

पहिलो दिनको अनुगमनमा म्याद नाघेका खाद्य सामग्री फेला परेका छन् । चिप्स, तेल, मिटमसाला, विस्कुट लगायतका सामग्री बरामद गरी नष्ट गरिएको छ । नगरको टोली, द्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यलयका प्रतिनीधि र ईलाका प्रहरी कार्यलयको टोलीले अनुगमनलाई तिव्रता दिएको छ । यस्तै दर्ता नगरी सञ्चालन गरिएका पसलहरुलाई पनि दर्ता प्रक्रियामा आउन ताकेता गरिएको छ । बजारमा मुल्य सुची नभएका पसलहरुलाइ समेत मुल्य सुची राख्न ताकेता गरिएको छ । बजार अनुगमन विहीवार पनि जारी छ ।

सल्लीबजारमा अनुगमन

YUGAAWHAN NATIONAL DAILY (2077-06-22)

सल्लीबजारमा अनुगमन

भेरी बबई डाइभर्सनमा नेपाली ठेकेदारको प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *