प्रधानमन्त्रीलाई कांग्रेसको गम्भीर प्रश्नः डा.केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?

काठमाडौं, २१ असोज ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। डाक्टर केसी अनसन बसेको २४ दिन हुँदा पनि सरकारले वार्ता समिति गठन नगरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन्।

प्रवक्ता शर्माले बुधवार विज्ञप्ति मार्फत् प्रधानमन्त्रीले डाक्टर केसीको सत्याग्रहसमेत नसुनेको बताए । शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनसनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि ? लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ?’

शर्माले कांग्रेसको पालामा डा केसी अनसन बस्दा वार्ता गरिएको र कयौं माग पूरा गरिएको पनि उल्लेख गरेका छन्।

प्रधानमन्त्रीलाई कांग्रेसको गम्भीर प्रश्नः डा.केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?

पत्रकारलाई सर्जिकल मास्क सहयोग

प्रधानमन्त्रीलाई कांग्रेसको गम्भीर प्रश्नः डा.केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?

आइ-लिग छनोट बिहीबारबाट हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *