शे–फोक्सुण्डो निकुञ्जमा चोरी शिकारी रोक्न ड्रोनबाट गस्ती

रामचन्द्र न्यौपाने ।

डोल्पा, २१ असोज ।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकारी रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ । हिँउदको समयमा हुने चोरी शिकारी रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करहरुको निगरानि राख्ने भएको हो ।

नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित सोह्रै जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ईकाइको बैठकबाट यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ । बैठकबाट हिँउदको समयमा अत्याधिक चिसो हुनेहुँदा पोष्टहरु गाभिने भएकाले ड्रोन प्रविधिबाट अनुगमन गर्ने,निुकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको गुल्ममा थप सुरक्षाबल माग गर्ने,यार्सागुम्बा संकलनमा निर्देशिका सच्याउन केन्द्रमा पहल गर्ने,बन्यजन्तु अपराध नियन्त्र इकाईको संयन्त्रलाई संघियता अनुसारको बनाउन राष्ट्रिय निकुञ्ज विभागमा लेखि पठाउने लगायतका महत्वपुर्ण निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जनाकारी दिए ।

हिँउदको समयमा स्थानीयहरु समेत करिब छ महिनाका लागि पशु चौपाय सहित चिसो छल्न बेशी झर्ने भएकाले यस समयमा तस्करहरुको बिगबिगि हुनेहुँदा आधुनिक प्रविधिबाट गस्ती सुरु गरिने उनको भनाई छ ।

नेपालमै पहिलो पटक ३ हजार ६ सय मीटर उचाईमा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठक बसेको पौडेलले दाबी गरे । उक्त बैठक ऐतिहाँसिक भएको बताउँदै तत्कालिन राष्ट्रिय निकुञ्ज बिभागको महानिर्देशक हुँदा कृष्णप्रसाद आचार्यले स्थापना गरेको पौडेलले बताए । संयोगले बैठकमा संस्थापक व्यक्तिनै उपस्थितहुनु आफैमा महत्वपुर्ण रहेको बताइएको छ ।

शे–फोक्सुण्डो राष्«िटय निकुञ्को आयोजना र विश्व बन्यजन्तु कोषको आर्थिक सहयोगमा आयोजित बैठकमा कर्णाली प्रदेशका वन सचिव कृष्णप्रसाद आचार्य सहित जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । निकुञ्ज क्षेत्रमा चोरी निकाशि बडेकाले निरन्तर रुपमा संरक्षण भइराख्न जरुरी रहेको वन सचिव कृष्णप्रसाद आचार्यले बताए ।

ठुलो भुगोल,कम जनशक्ति र भौगोलिक रुपमा विकट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षणकालागि आधुनिक प्रविधिबाट गस्ती गर्न अति आवश्यक रहेको आचार्यको भनाई छ । गत आवमा निकुञ्ज क्षेत्रमा अनुमति नलिएर विकास योजना सञ्चालन भए पनि आव ०७७÷७८ मा कर्णाली प्रदेशबाट स्विकृत विकास योजनाहरु राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिएरमात्रै सञ्चालन गरिने विश्वास दिलाए ।

शे–फोक्सुण्डो निकुञ्जमा चोरी शिकारी रोक्न ड्रोनबाट गस्ती

सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने सरकारको

शे–फोक्सुण्डो निकुञ्जमा चोरी शिकारी रोक्न ड्रोनबाट गस्ती

पत्रकारलाई सर्जिकल मास्क सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *