भेरीगंगामा टोल फ्रि नम्बर सञ्चालन, फोन गर्दा पैसा लाग्दैन

सुर्खेत, २१ असोज ।

भेरीगंगा नगरपालिका सुर्खेतले अपांगता भएका व्यक्ति र जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी टोल फ्रि नम्बर संचालन गरेको छ । अपांग शसक्तिकरण केन्द्र सुर्खेतको आर्थिक सहयोगमा टोल फ्रि संचालन गरिएको हो ।१६६०८३५२००६ नम्बरको टोल फ्रि नम्बरमा अपांगता भएका व्यक्ति, परिवार, जोखिममा रहेका व्यक्तिहरुले आफ्ना समस्या गुनासाहरु राख्न सक्ने गरी संचालन गरिएको हो ।

सेवाका उद्घाटन गर्दै नगर उप प्रमुख रेणु आचार्यले नगरपालिका क्षेत्रमा रहेका अपांगता भएका व्यक्ति , जोखिममा रहेका व्यक्ति तथा अन्य सेवाग्राहीहरुले समेत सेवा लिन सक्ने बताइन् । ‘टोल फ्रि संचालन पछि अपांगता भएका व्यक्ति र जोखिममा रहेका व्यक्तिहरुले सेवा लिन सक्नुहुनेछ, कुनै समस्या परे निशुल्क रुपमा राख्न सक्नुहुन्छ,’ उनले भनिन्, ‘सबैतिर यसको प्रचार प्रसार गरौँ, अत्यधिक लाभ लिनका लागि आग्रह गर्दछु ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले अपांगता भएका व्यक्तिहरुको समस्या र गुनासा सम्बोधन गर्नका लागि टोल फ्रि ले सघाउ पु¥याउने बताए ।

कार्यक्रममा अपांग शसक्तिकरण केन्द्रका अध्यक्ष विष्णु भट्टराईले अपांगता भएका व्यक्ति, परिवार, अन्य जोखिममा रहेका व्यक्तिलाई निशुल्क रुपमा आफ्ना गुनासा राख्न सक्ने गरी व्यवस्थापन गरिएको बताए । संस्थाका तर्फबाट एक जना कर्मचारी समेत उपलब्ध गराईएको उनको भनाई छ ।

संस्थाको परियोजन संयोजक दुर्गा गाहाले अपांगता भएका व्यक्तिहरुको गुनासो र समस्या समाधानमा टोल फ्रि ले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । उनले यसको अत्यधिक लाभ लिन नगरबासीहरुलाई अनुरोध गरिन् ।

अपांगता समावेशी कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत कार्यक्रम संचालन गरिएको संस्थामा अपांगता समावेशी अधिकृत तेजेन्द्र चन्दले जानकारी दिए ।

भेरीगंगामा टोल फ्रि नम्बर सञ्चालन, फोन गर्दा पैसा लाग्दैन

गजल : बैकेनी

Leave a comment

Your email address will not be published. Required fields are marked *