६ कोठे भवन प्रयोगविहीन

सल्यान : सल्यानको एक विद्यालय प्रयोग नभई भत्कन शुरु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ लेखसग्रहीमा रहेको कृष्ण माध्यमिक विद्यालयको भवन प्रयोग नभई भत्कन शुरु भएको हो ।

साविकको घाँजरीपिपल गाउँ विकास समितिको बजेटबाट आर्थिक वर्ष २०६३र०६४ भवन निर्माण गरिएको थियो । ९ लाख २५ हजारको लागतमा निमार्ण भएको ६ कोठे विद्यालय भवन स्थानान्तरण विवादका कारण प्रयोग नभए पछि भत्किएको छ।

साविक घाँजरीपिपल गाविस वडा ७ बाट घाँजरीपिपलको वडा ५ मैदुपोखरीमा कृष्ण माध्यामिक विद्यालय सार्ने निर्णय अनुसार ६ कोठे भवन निर्माण गरिएको थियो। भवनको लागि जग्गादान गरेका समाजसेवी रामवहादुर वुढाका अनुसार विद्यालय मैदुपोखरीमा सार्ने भनेर सर्वपक्षीय र सर्वदलीय सहमति भए अनुसार आफूले निःशुल्क जग्गा दान गरेको वताए। गाविसले बजेट विनियोजन गरी भवन निर्माण गरेको उनको भनाई छ।

विद्यालय सार्ने कुरामा नीतिगत समस्या भएपछि भवन प्रयोगविहीन हुँदा दिन प्रतिदिन जीर्ण वन्दै गएको बुढाले बताए। उनले भने,’भवनका ५ वटा कोठाको जस्तापाता र काठ हावाले उडाएको छ। भवनको मर्मतसम्भार गरेर प्रयोगमा ल्याउन कहिँकतैबाट पहल भएको देखिएन ।’ अहिले नगर तथा वडाबाट बजेट विनियोजन नगर्दा समस्या भएको स्थानीय जितवहादुर खड्काले बताए ।

भवन प्रयोगमा ल्याउनु पर्ने र मर्मतको लागि थप बजेट छुट्याउन जनप्रतिनिधिलाई प्रतिवर्ष आग्रह गरे पनि सम्वन्धित निकायले चासो नदिएको उनको भनाई छ। उनले भने,’ भवनको मर्मतसम्भार भएमा विद्यालय स्थानान्तरण नभए पनि अन्य प्रयोजनमा काम लाग्न छ।’ जीण भवन मर्मत गरेर हुलाक, वडा कार्यालय, कृषि, भेटेरिनरी समेत सञ्चान गर्न सकिने स्थानीयका बताउछन्। भवन अभावमा रहेको ७ नम्बर वडाले समेत उक्त भवनलाई सुधार गरेर कार्यालय सञ्चालन गर्दा उपयुक्त हुने स्थानीयको सुझाव छ।

६ कोठे भवन प्रयोगविहीन

हवाई सेवा सुचारु

६ कोठे भवन प्रयोगविहीन

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *