घुस्रामा पढाइ मेला सम्पन्न

सुर्खेत  : जनसेवा माध्यमिक विद्यालय घुस्रामा पढाइ मेला सम्पन्न भएको छ । मेलामा विद्यार्थीहरुले बिभिन्न शैक्षिक सामग्रीहरुका १४ वटा स्टल प्रदर्शनीमा राखिएको थियो ।

विद्यार्थीहरुले निर्माण गरेका स्टलहरुमा हवाइजहाज, पंखा, डोजर, विद्युतीय घर, आलुबाट चल्ने घडी, हाइड्रोलिक डोजर, प्लाष्टिकबाट पङ्खा लगायत आठसय बढी शैक्षिक सामाग्रीहरु प्रदर्शनी गरेका थियो ।

मेलामा का“क्रेविहार प्रावि चारकुन, नेपाल राष्ट्रिय आधारभूति विद्यालय बामेखोला, मंगलगढी प्रावि दीपनगरका शिक्षक तथा विद्यार्थीहरुले मेलाको अवलोकन गरेका थिए । मेलामा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका निमित्त प्रमुख नारायणप्रसाद पौडेल, नगर शिक्षाका रामलाल आचार्य, वीरेन्द्रनगर–१० का वडाध्यक्ष रत्नबहादुर बुढा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् वीरेन्द्रनगर ११ का वडाध्यक्ष नन्दलाल शर्मा लगायतको सहभागिता रहेको विद्यँलयका प्रधानाध्यापक भक्तबहादुर शाहीले जानकारी दिए ।

घुस्रामा पढाइ मेला सम्पन्न

राष्ट्रियसभाबाट १८ सांसदको विदाइ

घुस्रामा पढाइ मेला सम्पन्न

पत्रकार डेकेन्द्र हत्याका मुख्य आरोपी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds