मुसिकोटका विद्यालय खुले

रुकुमपश्चिम, १७ असोज ।
मुसीकोट नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय खुलेका छन् । अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र नगरपालिकाबीच समझदारी भएपछि झण्डै ६ महिनापछि पठनपाठन सुचारु गरिएको हो । असोज १२ गते नगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापकको बैठक बोलाएको थियो ।

उक्त बैठकमा भएको समझदारीअनुसार नै विद्यालय सञ्चालन गरिएको त्रिभुवन जनता माविका प्रधानाध्यापक हरिप्रसाद खनालले बताए । उनका अनुसार दिनमा ३ सिफ्टमा पठनपाठन सुचारु गरिएको छ । बिहान ७ बजदेखि १० बजे, ११ बजेदेखि २ बजे र ३ देखि ४ बजेसम्मको सिफ्ट निर्धारण गरी पठनपाठन भइरहेको उनले जानकारी दिए ।

‘२५ जनाभन्दा बढी विद्यार्थी नहुने गरी समूह बनाएर पालैपालो पढाउन थालेका छौं,’ उनले भने, ‘त्योभन्दा कम संख्या भएका कक्षामा उनै विद्यार्थी दोहोरिएर आउँछन्, धेरै विद्यार्थी भएका कक्षामा पालैपालो विद्यार्थी बोलाउने गरेका छौं ।’ शिक्षा विभागको निर्देशिकालाई आधार मानेर विद्यालय खोलिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख विनाराम खड्काले बताए । ‘सम्भव भएसम्म घरमै अनलाइन माध्यमबाट र नभए विद्यालयमै पठनपाठन गराउने निर्णय भएको छ,’ उनले भने, ‘सबै विद्यालयमा कोरोना संक्रमणविरुद्ध उच्च सतर्कता अपनाइएको छ ।’

मुसिकोटका विद्यालय खुले

ब्राउन सुगरसहित चार जना पक्राउ

मुसिकोटका विद्यालय खुले

गुराँस गाउँपालिका कोरोनाले सिल

Leave a comment

Your email address will not be published. Required fields are marked *