गस्तीमा जाने प्रहरीलाई सम्पर्कमा रहनै सास्ती

हुम्ला, १७ कार्तिक ।

जिल्ला भरिमा प्रहरी चौकीबाट गाउँ–गाउँमा गस्ती जाने प्रहरीलाई आफ्नो चौकी र जिल्लामा सम्पर्क गर्न निक्कै सास्ती हुने गरेको छ । गाउँ गाउम्मा मोवाईल नेटवर्क नभएको ठाउँमा पनि राम्रो काम नगर्ने भएपछि प्रहरीको गस्ती टोलीलाई सम्पर्कमा रहन कठिन भएको हो ।

 

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा स्थापना भएको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार वीर बहादुर शाहीले गाउँ गाउँमा गस्ती जाँदा सम्पर्क गर्न निक्कै कठिन हुने बताएका छन् । प्रहरीलाई बाटोमा आउजाउका बेला कुन स्थानमा मोवाईल नेटवर्कले काम गर्छ भनेर हेर्दै जानु पर्ने अवस्था रहेको छ । जुन ठाउँमा मोवाईलको नेटवर्कले काम गर्छ, त्यतै रोकिएर मोबाइल सेटलाई टावरतिर मिलाएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको छ। उनले त्यो पनि गतिलो किसिमको आवाज नआउने बताए । प्रहरीलाई यस्तो समस्या बिशेष गरेर मन्त्री, सासद लगाएत उच्च ओहदाका ब्यक्तिहरु गाउँमा आउदा र केही आपत बिपद पर्दाका बेला हुने गरेको छ ।

केही दिन अगाडि पुर्वमन्त्री जीवन बहादुर शाही नाम्खा गाउँपालिकाको सल्लीमा आउदा प्रहरीलाई यस्तै समस्या भोग्नु परेको थियो । इन्चार्ज शाहीले सल्लीमा एक कुनामा मोवाईल नेटवर्कले काम गर्ने भएपछि मोवाईल सेटलाई दिसा मिलाएर पुर्वमन्त्री शाहीको बारेमा जिल्लालाई जानकारी गराएको थियो । त्यो आवाज स्पष्ट नभएपनि पुर्ब मन्त्री शाही सल्लीमा पुगेकोसम्म जानकारी जिल्लाले पाउन सफल भएको थियो । मोवाईल सेट पनि महंगो मुल्यका भन्दा सस्तो मुल्यकाले मात्र काम गर्ने गर्छन । त्यो पनि दश पटक प्रयास गर्दा बल्ल काम गर्ने गर्छ । गत वर्ष नाम्खा गाउँपालिका वडा नम्बर ५ को तुम्कोटमा टिप्पर दुर्घटना ुहदा पनि प्रहरीले यस्तै समस्या भोग्नु परेको प्हरीले जनाएको छ ।

यो समस्या उत्तरी हुम्लामा मात्र नभएर दक्षिणी हुम्लामा पनि उस्तै रहदै आएको छ । नेपाल टेलिकमले जिल्लाका नौ वटा नयाँ स्थानमा मोवाईल टावर राख्ने भनेको तीन वर्ष भएपनि हालसम्म ती टावरहरु स्थापना नभएको कारण यो समस्या आएको हो । नेपाल टेलिकम हुम्लामा लाइन म्यान राम बहादुर बोहराले कम क्षमता भएका टावर भएको कारण गाउँ गाउँमा यो समस्या हुने गरेको स्वीकार गरे ।

सम्पादकीयः राउटेमा परनिर्भरता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds