२०८२ बैशाख १७ गते
×

Now Playing

‘ए’ डिभिजन लिगको विजेताले ५० लाख पाउने

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै शनिवार सुरु हुने ‘ए’ डिभिजन लिगको विजेताले ५० लाख पाउने जनाएको छ ।

एन्फाले यस सिजन पुरस्कार राशिमा वृद्धि गरेको छैन । गत सिजन पनि विजेताले ५० लाख पाएको थियो । यस्तै उपविजेताले ३५ लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन् । चौंथोले १५, पाँचौले ७ र छैटौंले ५ लाख पाउने छन् ।
एन्फाले हरेक खेल जित्ने टिमलाई बोनस वापत थप ५० हजार दिनेछ भने बराबरी भए १५÷१५ हजार दिनेछ । क्लबलाई तयारी खर्चको लागि एन्फाले २०÷२० लाख समेत उपलब्ध गराउने छ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ । हेरक खेलको म्यान अफ दि म्याचलाई १० हजार र फेयर प्ले टिमले १ लाख पाउने छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा ‘ए’ डिभिजन लिगको सुरुवात हुनेछ ।

‘ए’ डिभिजन लिगको विजेताले ५० लाख पाउने

उत्तिसको मूढामा फल्यो च्याउ

Leave a comment

Your email address will not be published. Required fields are marked *