बीमा सेवा प्रभावकारी बनाउन सरोकारवालाको जोड
बीमा सेवालाई झन्झटिलो नभै प्रभावकारी बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रहरी तथा यातायात व्यवसायीसंग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बीमा सेवा प्रभावकारी नभै झन्झटिलो भएको गुनासो गरे । उनीहरुले बीमाप्रतिको असमझदारी हटाउन नेपाल प्रहरी,बीमा कम्पनि र व्यवसायीहरुबीच समन्वयात्मक भूमिका रहनुपर्नेमा जोड दिए । […]




