कृषकका समस्या समाधानका लागि ठोस योजना आवश्यक : सभा सदस्य चौधरी

व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेको पाँचौं साधारण सभा तथा दोस्रो अधिवेशनले कृषकका समस्या समाधानका लागि राज्यले ठोस योजना बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीले कृषकले गरेको मेहनतको उचित प्रतिफल नपाएकोमा चिन्ता व्यक्त गर्दै सरकारका नीतिगत त्रुटिहरूको आलोचना गरेका छन् । सभा सदस्य चौधरीले किसानका समस्या समाधानका […]

कृषकलाई गाउँमै पुगेर सचेतना

कृषि ज्ञान केन्द्र दाङले गाउँमै पुगेर कृषकहरुलाई सचेतना प्रदान गर्न थालेको छ । केन्द्रले जिल्लाका सबै पालिकामा पुगेर कृषकलाई सचेतना प्रदान गर्ने कार्य सुरु गरेको हो । कृषकका समस्या बारे जानकारी लिने काम भइरहेको ज्ञान केन्द्रले जनाएको छ । नागरिकको घर आगनमा पुगेर सूचना प्रदान गर्ने र उनीहरुको समस्याका बारेमा जानकारी लिने काम भइरहेको केन्द्रका […]

बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने

दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लागि पुरस्कृत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारिएको र यसरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः  […]

खडेरीले बाली सुक्योः कृषक बने चिन्तित

बिगत लामो समय देखि मुगु लगायत कर्णाली प्रदेशका जिल्लाहरूमा बोटबिरुवा लाई चाहिने पानीको मात्रा नहुँदा कृषकहरूले खेतमा लगाएको बर्से बालीका बेर्नाहरू खेतमै सुक्न थालेपछि कृषकहरू चिन्तित बनेका छन् । बिगत लामो समय देखी पानी नपरी सुख्खा खडेरीका कारण कृषकहरूका खेतमा लगाइएको कोदो, धानका बेर्ना मकै, भटमास, चिनो, मार्सेका बोटहरू सुक्दै गएपछि स्थानीय कृषकहरू चिन्तित बनेका […]

कृषकलाई थुमा र भेडा वितरण

जुम्लाका एक ३६ कृषकले भेडा तथा थुमा पाएका छन् । जुम्लामा पशु अस्पताल तथा पशुसेवा कार्यालयले धमाधम भेडा पालक कृषकलाई भेडा र थुमा वितरण गरिरहेको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जुम्लामा अहिले जुम्लाका ५ वटा स्थानीय तहमा चार सय ४० भेडा र थुमा वितरणमा गरिएकोमा छ । जनप्रतिनिधिको […]

तीन सय कृषकलाई उद्यमशीलता सीप सम्बन्धी पाँच दिने बुटक्याम्प सुरु

कर्णाली प्रदेशका सात स्थानीय तहका तीन सय कृषकलाई उद्यमशीलता सीप प्रदान गर्ने लक्ष्यका साथ पाँच दिने आवासीय बुटक्याम्प सोमबारदेखि सुर्खेतमा सुरु भएको छ । बुटक्याम्प युथ इनोभेसन ल्याबद्वारा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सात स्थानीय सरकारसँगको सहकार्यमा आयोजना गरिएको हो । यसले साना कृषकहरूलाई बृहत तालिम, कृषि सम्बन्धि सल्लाह तथा बजार […]

This will close in 0 seconds