कर्णालीमा विपद्बाट ६३ दिनमा १० जनाको मृत्यु

कर्णालीमा मनसुनजन्य विपद्बाट ६३ दिनको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । वर्षातका कारण आएको पहिरो तथा बाढीमा गरी ती व्यक्तिहरूले ज्यान गुमाएका हुन् । कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार यो वर्षको विपद्जन्य मनसुन जेठ २८ गतेदेखि सुरु भई आइतबारसम्म विपद्मा परी एक जना बेपत्ता भएका छन् । […]