गुठीचौरमा चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु

जुम्लाको गुठीचौर गाउँपालिकाले साहसिक पर्यटनको गन्तव्यका रूपमा गाउँपालिकालाई चिनाउन चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु गरेको छ । कचौरा आकारको गुठीचौर पाटनमा गरिएको प्याराग्लाइडिङ महोत्सवमा एकैपटक ८ वटा प्याराग्लाइड उडिरहेका छन् । जुम्ला सदरमुकाम खलंगादेखि डोल्पाको से–फोक्सुन्डो जाने आन्तरिक तथा बाह्य पर्यटक त्यही बाटो भएर जाने भएकाले पनि महोत्सव झनै प्रभावकारी बनिरहेको गाउँपालिकाले जनाएको छ । […]

गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण

जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङको सम्भावना देखिएको छ । गाउँपालिकाले गाउँपालिका–२ मा पर्ने गुठिचौरमा प्याराग्लाइलिङको परीक्षण गरेको छ । पर्यटन गतिविधिलाई बढाउँदै स्थानीयको आयस्रोत बढाउने उद्देश्य रहे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्वराज गिरीले बताए । उनले भने, ‘पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको हो । यो जुम्ला तेस्रोपटक परिक्षण भएको छ । यो पहिला […]