एक सातादेखि भन्सारमै थन्किए पेट्रोलियम अन्वेषणका उपकरण
दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि ल्याइएका उपकरणहरु नेपालगञ्ज भन्सारमै थन्किएका छन् । एक साताअघि चीनबाट भारतको कोलकाताहुँदै नेपालगञ्ज आइपुगेका ड्रिलिङ मेशीन लगायतका उपकरणहरु रुपैडिया भन्सारले रोकेको हो । भन्सार छुट पत्रमा उपकरणहरुको नाम फरक परेपछि नेपालगञ्ज भन्सारले सबै सामान रोकेको हो । रुपैडिया नाकाबाट दैलेखसम्म मेसिन ल्याउन करिब आठ दिन लाग्छ । सबै मेसिनको […]



