छाउ गोठ मुक्त वडा घोषणाः गोठमा नभई घरमा बस्ने भनी साझा प्रतिवद्धता
जुम्लाको पातारासी गाउँपालिका–४ तिर्खु गाउँका ६७ वर्षका जगबहादुर बोहोरा महादेब देवताका धामी हुन् । उनले छाउपडी नमान्ने प्रतिबद्धता जनाए । छाउपडी प्रथाका मुख्य गडका रूपमा मानिने देवताका धामीझाँक्री डाङ्गी(पुजारी)ले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरे । उनीहरूको एउटै स्वर थियो, ‘देवता मान्छौं, छाउ मान्दैनौं। महिनावारी भएकी छोरी, बुहारीलाई घरमै राख्छौँ । पहिले विभेद गरियो। […]



