मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी
बाँकेमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुलाई वनक्षेत्रमै कृत्रिम पोखरी निर्माण गरी पानीको व्यवस्था गरिएको छ । पानी र आहाराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, विभिन्न सङ्घसंस्थाले निकुञ्ज र सामुदायिक वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरेका हुन् । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा […]



