१९ करार कर्मचारीको सम्झौता रद्द गर्ने गुठिचौर गाउँपालिकाको कडा निर्णय

काली बहादुर परियार

जुम्ला,३१ असोज ।

गुठिचौर गाउँपालिकाले अस्थायी, करार र ज्यालादारी सेवामा कार्यरत १९ जना कर्मचारीलाई एकै साथ बिदा दिएको छ । गाउँपालिकाले असोज २९ गतेदेखि लागू हुने गरी सबै करार सम्झौता रद्द गर्दै काममा नआउन आधिकारिक परिपत्र जारी गरेको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद् निर्णय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रका आधारमा गरिएको यो कदम दरबन्दी भन्दा बढी कर्मचारी राख्ने अभ्यास अन्त्य गर्ने उद्देश्यले गरिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले जानकारी दिए ।

असाेज २९ गते गाउँपालिकामा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बुढाले यस्ताे बताएका हुन् । आजका दिन देखि पालिकामा कुनै पनि करार कर्माचारी नरहने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाका अनुसार, कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ ले करार वा ज्यालादारीमा नियुक्ति गर्न नपाइने व्यवस्था गरेको हुँदा सम्झौता रद्द गरिएको बताइन् ।

उनका अनुसार, सो ऐनको उल्लङ्घन गरी नियुक्त गर्ने पदाधिकारीले दिएको तलब र सुविधा सरकारी बाँकी सरह असुल गरिने कानुनी व्यवस्था समेत रहेकाे बताइन् ।

जुम्लाका अन्य स्थानीय तहले करार कर्मचारी हटाउने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ भइरहेको बेला गुठिचौरले कदम अघि बढाएको हो ।

यसअघि तातोपानी गाउँपालिकाले पनि यस्तै निर्णय गरिसकेको थियो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार, आयस्रोत कमजोर भएका स्थानीय तहले विकास बजेटबाटै करार कर्मचारीको तलब भत्ता दिँदै आएका छन् ।

१९ करार कर्मचारीको सम्झौता रद्द गर्ने गुठिचौर गाउँपालिकाको कडा निर्णय

रिक्त कर्णाली प्रदेश खेलकुद परिषद्   सदस्य सचिव

१९ करार कर्मचारीको सम्झौता रद्द गर्ने गुठिचौर गाउँपालिकाको कडा निर्णय

दोस्रो योगी गुरु नरहरिनाथ फुटबल प्रतियोगिता शुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *