अस्पताल प्रशासन र जेन–जी समूहबीच पाँच बुँदे सहमति
सुर्खेत ,२३असोज ।
कर्णाली प्रदेश अस्पताल र जेन–जी समूहका प्रतिनिधिबीच पाँच बुँदे सहमति भएको छ। बिहीबार
अस्पताल निर्देशक डा. गणेश थापा र जेन-जीका प्रतिनिधिबीच भएकाे छलफलपछि अस्पतालका सेवालाई चुस्त बनाउने विषयमा सहमति भएकाे हाे।
सहमति अनुसार जेन-जी आन्दोलनमा घाइते भइ छुटेकाहरुकाे हस्पिटल कार्ड बनाउन सहजिकरण गरिने छ । यस्तै, अस्पतालमा टोकन प्रणालीलाई डिजिटलाइज गरी सेवा लिन आउने बिरामीका लागि थप सहजता ल्याउने, अस्पतालका सबै शौचालय सफा र व्यवस्थित राख्ने, इमर्जेन्सीमा आएका बिरामीहरूको अवस्थाअनुसार कागजी प्रक्रिया सरलिकरण गर्ने तथा कर्मचारीहरूको व्यवहार सुधार्ने सहमति पनि गरिएको छ।
यसबाहेक, अस्पताल परिसरमा रहेका पार्किङ क्षेत्रका समस्या १५ दिनभित्र समाधान गर्ने प्रतिबद्धता समेत अस्पताल प्रशासनले जनाएको छ।





