बागेश्वरी मन्दिरमा परम्परागत धुमधामका साथ फूलपाती भित्र्याइयो

बाँके,१३ असोज ।
हिन्दु समुदायको महान् चाड बडादसैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व सोमबार देशभर घर–घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर श्रद्धा र उत्साहका साथ मनाइँदैछ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक देवी दुर्गालाई आह्वान गरी पूजा–आजाको क्रम अघि बढ्दै आएको छ। दशैँ घर वा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने परम्परा रही आएको छ।
यसै सन्दर्भमा पश्चिम नेपालको महत्वपूर्ण शक्तिपीठ मानिने बागेश्वरी मन्दिरमा पनि सोमबार बिहान शुभ साइतमा फूलपाती भित्र्याइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा नेपाली सेनाको बज्रदल गण, सशस्त्र प्रहरीको ३० नं. बाहिनी, जिल्ला प्रहरी कार्यालय बाँकेलगायतका सुरक्षाकर्मीको विशेष सहभागितासहित विधिपूर्वक ल्याइएको फूलपातीलाई बाजागाजासहित भित्र्याइएको हो।
फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाले परम्परागत हर्ष–बढाई प्रदर्शन गरेको थियो भने, यस दृश्य हेर्न बागेश्वरी मन्दिर परिसरमा सर्वसाधारण भक्तजनहरूको घुइँचो लागेको थियो।
यसैबीच, यस वर्षदेखि बाँकेका आठवटै पालिकामा रहेका विभिन्न शक्तिपीठहरूबाट पनि फूलपाती बागेश्वरी मन्दिरमा ल्याउने कार्यक्रम रहेको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले जानकारी दिनुभयो।
 यसरी दशैँको सातौँ दिनमा परम्परा, श्रद्धा र भव्यतासँगै मनाइने फूलपाती पर्वले बाँके मात्र नभई सम्पूर्ण देशमा धार्मिक र सांस्कृतिक उत्सवको विशेष रौनक थपेको छ।
बागेश्वरी मन्दिरमा परम्परागत धुमधामका साथ फूलपाती भित्र्याइयो

दसैं–तिहारमा जुम्लाबासीका लागि सुपथ राहत

बागेश्वरी मन्दिरमा परम्परागत धुमधामका साथ फूलपाती भित्र्याइयो

“हिम्मतकी लक्ष्मी : दुर्गम गाउँबाट प्रेरणाको शिखरसम्म”

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds