बाँकेमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

बाँके ,२८ साउन।
बाँकेमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका वडा नम्बर-२ मुगुवा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१  सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते हुनुभएको छ । उहाँको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds