पर्यटकीय स्थलमा वाइसीएल जुम्लाले बनायो , सार्वजनिक शाैचालय

गाेल्डेन बुढा

जुम्ला,११ साउन।

जुम्लाको गुठिचाैर गाउँपालिका – ३ मा अवस्थित पर्यटकीय स्थल गुठिचाेैर क्षेत्रमा चारवटा अस्थायी शाैचालय निर्माण गरिएको छ। माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले यो कार्य गरेको हो।पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गइरहेको सो क्षेत्रमा स्वच्छता र वातावरणीय व्यवस्थापनलाई प्राथमिकता दिँदै यस्तो काम गरेको हो।पछिल्लो समय गुठीचौर आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। दैनिक सयौं पर्यटकको आगमन हुने भए पनि पर्याप्त सार्वजनिक शौचालयको व्यवस्था नहुँदा समस्या हुँदै आएको थियो। सोही अभावलाई सम्बोधन गर्न अस्थायी शौचालय निर्माण गरिएको वाईसीएल नेपाल जुम्लाका जिल्ला अध्यक्ष खगेन्द्र कार्कीले बताए।उनका अनुसार, “सार्वजनिक शौचालयको अभावले स्वच्छता र पर्यटन दुबैमा समस्या देखिएको थियो। तत्कालका लागि अस्थायी शौचालय निर्माण गरेका हौँ।

निकट भविष्यमा स्थायी संरचना निर्माणतर्फ पनि पहल गर्नेछौँ।”शौचालय निर्माण कार्यक्रममा वाईसीएल नेपालकी केन्द्रीय सचिव सङ्गीता आचार्य, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने, स्थानीय नेताहरू तथा पार्टीका कार्यकर्ताहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेले भने, “गुठीचौरको पर्यटकीय महत्वलाई ध्यानमा राख्दै स्वच्छता र पूर्वाधार विकासमा हामी निरन्तर सक्रिय रहनेछौँ।”स्थानीय बासिन्दा र पर्यटकहरूले वाईसीएल नेपालको पहलको सराहना गर्दै स्थायी सार्वजनिक शौचालयको आवश्यकता अझै रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले सरकारले दीर्घकालीन योजनासहित स्थायी पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

पर्यटकीय स्थलमा वाइसीएल जुम्लाले बनायो , सार्वजनिक शाैचालय

सुर्खेतमा एक वर्षमै ३८ जनाले सडक दुर्घटनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *