शिक्षकको फस्टाउदै केसर खेती
गाेल्डेन बुढा
जुम्ला, ९ साउन।
जुम्लामा व्यावसायिक रुपमा केसर खेती विस्तार गरिएको छ। चन्दननाथ नगरपालिका -८ तलिउम राेकायाबाडा गाउँमा खेती भइरहेको छ। ३४ वर्षीया भुवनसिंह राेकायाले तीस वर्षदेखि व्यावसायिक तवरले केसर खेती गरेेका छन्। उनका अनुसार उक्त खेतीले आम्दानीको स्रोत बलियो भएको छ। राेकायाबाडा गाउँमा विंस २०५२ सालदेखि सुरुवात गरिएको थियोे। उनलेे भिमरुपा कृषि फर्म खाेलेर आफ्नो १३ राेपेनी जग्गामा केसर खेती निरन्तर भइरहेको बताए।

उनलेे भने,´बुवाले सुरुवात गरेको व्यावसायलाई निरन्तरता दिइएको छुँ।बुबा भिम बहादुर राेकाया र आमा रुपा राेकायाकाे नाम इंगित कृषि फर्म संचालनमा छ।भुवनसिंह पेसाले प्राथमिक तहका स्थायी शिक्षक छन्। गाउँमै रहेको भैरव माध्यमिक विद्यालय धुपी ढुस्कामा शिक्षण गर्छन्।सँगसँगै उनले कृषि कर्मलाई पनि निरन्तरता दिइरहेका छन् ।
अहिलेसम्म जुम्लामा केसर खेती कसैले गरेका छैनन्।उनको जुम्लामै पहिलो हो।वार्षिक कूल १० किलो सम्म केसर उत्पादन हुने गरेको अनुमान गरिएको छ। गाना प्रति केजी ६ हजार रुपैयाँ र दस वटा फुलकाे एक पाकेट बनाइन्छ।प्रति पाकेटको २ सय रुपैयाँमा बिक्रीवितरण भइरहेको छ। भुवनसिंहका अनुसार वार्षिक २ लाख ७० हजार रुपैयाँ बराबरको आम्दानी भइरहेको छ।

उनले मुख्य आम्दानीको श्रोत भएको दाबी गरे। ७ जनाको घरपरिवारलाई लुगाफाटो,नुनतेल,चामल,स्वास्थ्य उपचार र घरखर्च भइरहेको छ। व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु शिक्षाको पहिलो काम हो।शिक्षाले कामलाई ठूलो सानो भन्दैन। बरु शिक्षाको मुल मन्त्र बुझेको मान्छेले कामलाई नै प्रधान ठान्छ । बिडम्बना, अहिले पनि कृषिप्रति कतिपय मान्छेहरु सकारात्मक देखिँदैनन् ।मेरो साेच अलिक फरक।उनले कृषि पेसालाई माया मात्रै गर्दैनन् ।

आत्मसात् नै गर्छु। पेशाले शिक्षक भएता पनि किसानको परिचयले परिचित छुँ।जब स्कुल छुट्टी हुन्छ, वा फुर्सद हुन्छ राेकाया पुगिहाल्छन् आफ्नै कृषि फर्ममा उनी भन्छन् ,” अहिले मान्छेहरु कुरा बढी काम कम गर्ने भएका छन् ।” उनलाई कुरा भन्दा पनि काम गरेर देखाउन मन लाग्छ । उनलाई केसर खेतीमा चासो त पहिले देखि नै थियो।गाउँमा आफूहरुले उत्पादन गरेको केसर गाना र फुल, सहरमा मान्छेहरु मीठो मानेर खाने गरेको प्रसंग सुनेर उनी प्रसन्न हुन्छन् ।

बिउँ कर्णाली प्रदेशका विभिन्न जिल्लामा जान्छ।गाना भने जुम्लाको क्षेत्रमा बिक्री हुन्छ।देशको अर्थतन्त्रमा थोरै भएपनि आफ्नो पनि योगदान भईरहेको आभास पनि उनलाई बेला – बेलामा भई रहन्छ । राेकाया पहिले भन्दा अहिले आर्थिक रुपले सबल रहेको दाबी गर्छन् ।

शिक्षकको तलब मात्रै थापिरहेका उनी अहिले केसर खेतीबाट मनग्य आम्दानी हुन थाले पछि आफू सन्तुष्ट भएको बताउँछन् । शिक्षक भएर पनि कृषि गर्न अफ्ट्यारा लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन् ,” होइन म त खुशी छु, कसैले किसानको रुपमा मेरो परिचय गरिदिँदा मलाई गर्व लाग्छ, आफ्ना बुबा आमाले गर्दै आएको काममा आफुले पनि पाईला टेक्न पाउँदा आफुलाई भाग्यमानी नै ठानेको छु ।” स्कुलमा पनि विद्यार्थीहरुलाई कृषि पेसाको बारेमा बर्णन गरेर प्रोत्साहन गर्ने गरेको उनले बताए। वहुमुल्य खेती भएकाले पर्यटन प्रबर्धनसँगै जुम्लालाई समृद्धितर्फ अगाडि बढाउन सकिने बताउँछन्। राेकायाका अनुसार हिउँ र तुषारो पर्ने चिसो भूभागमा मात्र यसको खेती हुन्छ । औषधि र खानेकुरामा प्रयोग हुने केसर सुगन्धित छ। समुद्र सतहबाट २ हजार २५ सय मिटरभन्दा माथिको उचाइमा यसको खेती हुन्छ।विज्ञहरूका अनुसार केसर खेतीका लागि सुहाउँदो माटो भनेको पानी नजम्ने, बलौटे दोमट,अलिअलि झार भएको माटो राम्रो मानिन्छ ।

केसर खेती लगाउँदा असोज महिना राम्रो मानिन्छ ।अपच, झाडाबान्ता, भोक नलाग्ने, कलेजो सुन्निने, मुटुको रोग, पिसाब सम्बन्धी समस्या, महिनावारी गडबडीमा हुने दुखाइ, दम, खोकी तथा नसाको रोग जस्ता धेरै किसिमका रोगमा लाभकारी हुन्छ।गर्भवती महिलाहरूले यो खोजीखोजी खाने गरेको समेत सुनिन्छ। धार्मिक दृष्टिकोणले यो पूजा गर्नका लागि प्रयोग गरिन्छ।केसर खेतीको लागि पहिलो प्रयास जुम्लामा २०२९ सालमा गरिएको थियो। तर, त्यो प्रयास सफल भएन। त्यसपछि २०३८ सालदेखि जुम्लामा पुन: सुरु गरिएकाे थियोे।





