घुँयत्राे : देशाँ भष्टाचार र बेथितिले नेटाे काट्याछ …

भष्टाचारकै कारणले प्रधानमन्त्रीज्युले आफ्नो सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पदबाट हटाउनु भा हाेभने त उसले गर्या भष्टाचारकाे खाेजि नीति पनि त कार्वाही किन नगर्नेत ! कि त गठबन्धनकाे सरकार भा बेलाँ आफ्नो मन्त्रीलाई कार्वाही नहुने अरुलाई हुने हुन्छ र ? फेरि भष्टाचारमा त भूमि व्यवस्था मन्त्री बलराम अधिकारी नि मुच्छ्याथे त यिनलाई नहटाएर गुप्तालाईमात्रै किन हटा हाेलान ?
हुनत बलराम अधिकारी ऐले बाका सबैभन्दा प्रियपात्र हुन क्यारे बा कै लागि भुमी सम्बन्धि ऐन ल्याईदेर भूमिमा ठूलाे चलखेल ल्याउन मन्त्री ज्यु र प्रधानमन्त्री ज्यु दिनरात एक गरेर लाग्नुभाछ भन्ने सुनिन्छ त्यै भएर नि हाेला सितिमिति बलरामलाई मन्त्रीबाट निकाल्न बालाईनि गाह्राे भै राछ । गुप्ताकाे जागिर खाईदे देखिनै बलरामले ३२ लाखकाेघुस खाएरे भनेर चर्चाँ आईराछ कुरा के हाे त्याे त घुस लिनेर दिनेलाईनै था हाेला तर जसरि गुप्ताकाे कुरा आथ्याे त्यसै गरि अधिकारीकाे नि कुरा आ हुनाले प्रधानमन्त्री ज्युले सत्य तथ्यकाे खाेजि त गर्नै पर्याेनि हैन र ?
त्यसै त देशाँ भष्टाचार र बेथितिले नेटाे काट्याछ यस्ताे बेलाँनि प्रधानमन्त्री गम्भीर भएर नलाग्ने हाे भनेत कुनै न कुनै दिन त ह्वाँलाई नि गाह्राे पर्ला त ! हिजाेसम्म पाे पाटियाँ प्रतिद्वन्द्वी थेनन जे गरेनि आफ्नै हालि मुहालि चल्थ्याे अब त राजनीति गर्नै भनेर मान्छे तत्कालीन राष्टपतिकाे पदै छाेडेर आई सकेभने अँझैपनि जति भष्टाचार गरेनि आफ्नै कार्यकर्ताले कमाई गरि खाने हुन भन्नेतिर लागेर “जति धेरै भष्टाचार त्यति धेरै पुरस्कार ” भन्ने उखानकाे चरितार्थतिर लागेर मात्रै शासन कति दिन चलाउनु हुन् प्रधानमन्त्री ज्यु त्यैले अब बेथितिले पराकाष्ठा नाघ्याे अब यस्लाई राेक्नु पर्छ प्रधानमन्त्री ज्यु अन्यथा भाेलिकाे दिनमा विपक्षिले मात्रै हैन आफ्नै कार्यकर्तालेनि तपाईं माथि आैँला ठड्याउन सक्छन ।

त्यसैलेपनि आफ्ना मन्त्रीहरुमाथि काेइश्चन उठछ भने तत्काल त्यसकाे निवारण गर्नाेस । आखिर ८४ काे चुनाबाँ बहुमत ल्याउँछु भनेर बेलाबेलाँ आँफै बर्बराउनु हुन्छ अनि यस्ताे बानी ब्यहाेराले ८४ याँ बहुमत आउँछ त ? कित झाेलेकाे ट्याग झुण्याउने धेरै भएछि बहुमत आउने साेच बनाउनु भाछ र ? त्यसै त गठबन्धनका दलहरुले छाेडदै जाँदै गर्याछन अनि त्यै याैटा काँग्रेसकाे आडाँ मात्रै सत्ताँ रजाइँ चलाएर सबैथाेक पुर्ण हाेइन्छ भन्ने भ्रम पालेर बस्दा सरकार बनाउँदा सँगै हिँड्यादलहरु प्रधानमन्त्रीकाे शैलिकाे बिराेधगर्दै सत्ता छाेडेर हिँडिराछन ।
विपक्षि बेन्चाँ जानेजति सबैले विपक्षिदलकाे साथदेर सरकारकाे रबैयाकाे विराेध गर्न थाले भने तपाईंले पूरै अबधि सरकार चलाउँछु भन्यापनि त खिस्सै हुनेत हाेलानि । याैटा जावाे मन्त्री काे पदका लागि पूरा सरकारलाई नै दाउमा किन लाउनु हुन्छ वरु भूमि व्यवस्था मन्त्रीलाई बिदा गर्दिनाेस र जनताकाे अगाडि प्रधानमन्त्रीले राम्रो काम गरे भन्ने त पार्नु पर्याेनि । प्रधानमन्त्री ज्यु गाेडाएक बर्ष त भष्टाचारकाे पराकाष्टाँ डुब्नु अनि डुबाउनुभाे अब त कमसेकम जनताकाे यति ठूलाे बिराेध हुँदात रमाएर नबस्नाेस आखिर राजनीति गर्ने भन्यात जनता लागि न हाेला ! अनि किन खालि आफ्ना कार्यकर्ता लागि मात्रै राजनीति गर्नुभाछ त! साँच्चिकै राजनीति गर्नेनै हाे भने देश र जनतालागि निस्वार्थ भावले गर्नु पर्याे हैनभने । देशलाई उँभाे लग्नुकाे सट्टा उँधाेमात्रै लग्ने हाे भने के काे सरकार चलाउनुतनि ! हैनर प्रधानमन्त्री ज्यु !






