एकल महिला र अपांगता व्यक्तिलाई वडाले दियो पाेसिला खानेकुरा

गाेल्डेन बुढा

जुम्ला,२४ असार।

जुम्लाको चन्दननाथ नगरपालिका -४ का एकल महिला तथा अपांगता भएका व्यक्तिहरले राहतस्वरूप पाेसिला खानेकुरा पाएका छन्। वडा भित्रका ४५ जनाले पाएका हहुन् । जसमध्ये  ३३ जना एकल महिला र १२ जना अपांगता भएका व्यक्ति छन्। उक्त वडामा भारतीबाड,सिंगाचाैर र मालाभिड गाउँ-बस्ती पर्छन्। प्रति व्यक्ति एक बाेरा चामल,एक क्यारेक्टर अण्डा र एक पाकेट तेल दिइएको वडा सचिव बलबहादुर भक्रीले बताए।

कार्यवाहक वडा अध्यक्ष शंकर कार्कीको उपस्थितिमा दिइएको थियो।एकल महिला तथा अपांगता लक्षित कार्यक्रमबाट वितरण गरिएको हो।वडाको १ लाख ३८ हजार ७ सय ९० रुपैयाँ बजेट थियोे। नेपाल सरकारले वर्गीकरण गरेको `क´ र `ख´ वर्गमा परेका सामाजिक सुरक्षा भत्ता पाउने अपांगता भएका व्यक्तिलाई दिइएको वडा सचिव बलबहादुरले बताए।

वडा सरकारले एकल महिला र अपांगलाई ध्यानमा राख्दै अण्डा,चामल र तेल वितरण गर्ने कार्य प्रशंसनीय छ’, पोसिलो खानेकुरा पाएपछि खुसी लागेको स्थानीय अमृता भारतीले बताइन् । दु:खकाे बेला सहयोग गर्ने कमाउने माध्यम केही थिएन।स्थानीय सरकारले बिर्सन नसक्ने कार्य गरेको बताए। अर्की भगवती चाैलागाई र गाेमा सार्कीले पनि एकल महिला हुन्। हाम्रो कमाउने आधार केही थिएन। सधैंभरि स्थानीय सरकारले बेलाबखत सहयोग गरिरहेको बताउँछिन्।

एकल महिला र अपांगता व्यक्तिलाई वडाले दियो पाेसिला खानेकुरा

जुम्लामा चट्याङले एक जना गम्भीर घाइते,दुई सय

एकल महिला र अपांगता व्यक्तिलाई वडाले दियो पाेसिला खानेकुरा

चट्याङले १ सय ९७ भेडा मरेको पुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds